
नेपाल सम्वत् ११४४ कछलागाः ११ (११ मंसिर , २०८१) नोभेम्बर २६, २०२४ , मंगलबार, बाँपीझ्याला । धरानको धरान रङ्गशाला मैदान लामो समयपछि पूरै भरिएको थियो । एक दिनअघिदेखि नै धरानमा भारतका सिक्किम, दार्जिलिङ, सिलगुडीलगायतका स्थानबाट बाक्लो रूपमा दर्शक आइपुगेका थिए । साथै पूर्वका विभिन्न सहरसँगै पश्चिमतिर बुटवल, पोखरा र चितवनसम्मका दर्शक आएका थिए ।

धरानमा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमा निर्माण अभियानका लागि गरिएको दोस्रो च्यारिटी कन्सर्ट ‘सुम्निमा पारुहाङ साँझ–२०८१’ हेर्न दर्शकको बाक्लो उपस्थिति थियो । कन्सर्टको सुरुवात धरानकी उदीयमान गायिका क्यामरिन माझी र उहाँको ब्यान्ड आरोहिजले भर्खरै दिवङ्गत धरानका गायक तथा सङ्गीतकार नवराम राईलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँकै सङ्गीत रहेको लोकप्रिय गीत ‘गुराँसको फेदमुनि’ गाएका थिए । त्यस्तै पहिलो नेपाल स्टार विष्णु चेम्जोङले द्रव्य ब्यान्डसँगै आफ्ना लोकप्रिय गीत ‘शान्ति लुकाऊँ कहाँ’, ‘याद’ लगायतका गीत गाउनुभएको थियो ।
युवापुस्तामाझ चर्चित पूर्ण राई एन्ड दाजुभाइको प्रस्तुतिले पनि दर्शकलाई नचायो । आफ्ना चर्चित गीतहरू ‘मनका कुरा’, ‘कालो सेतो’, ‘तिम्रो माया उनान्सय’ लगायतका चर्चित गीत गाएर आफूसँगै दर्शकलाई उहाँले नचाउनुभयो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij