
नेपाल सम्वत् ११४४ कछलागाः ३ (३ मंसिर , २०८१) नोभेम्बर १८, २०२४ , सोमबार, बाँपीझ्याला । वर्तमान विश्वमा मानिसहरु मनको शान्ति पाउनका लागि अनेक किसिमका थेरापी लिने गर्दछन् । तर सन् ९० को दशकका दिग्गज कलाकार आमिर खान भने फरक कारणका लागि यतिबेला नियमित थेरापी लिइरहेका छन् । उनको यो थेरापीमा छोरी इराले पनि साथ दिइरहेकी छन् । ओटीटी प्लेटफर्म नेटफ्लिक्सको पोडकास्टमा मानसिक स्वास्थ्यका विषयमा गरिएको कुराकानीमा आमिरले छोरी आइरासँगको सम्बन्धलाई मजबुद बनाउन आफू र आइराले थेरापी लिइरहेको बताएपछि सबैले उनीहरु प्रति चासो देखाएका छन् ।

आमिरले फ्यानसँगै सबैलाई अनिवार्य थेरापी लिन सल्लाह पनि दिएका छन् । ‘म छोरी इरासँग संयुक्त थेरापी लिइरहेको छु । हाम्रो सम्बन्धमा जति पनि आपसी मुद्दा छन्, त्यसलाई समाधान गर्नका लागि काम गरिरहेको छु । पहिला म केही असहज थिएँ, तर अब मलाई थेरापी मानिसलाई कति आवश्यक छ भन्ने थाहा भइसकेको छ । म मानिसहरुलाई भन्न चाहन्छु कि थेरापिस्टसँग भेट गर्नका लागि कुनै पनि संकोच नमान्नुहोला । हामी कैयौं वर्षदेखि थेरापिस्ट कहाँ गइरहेका छौं । यो निकै शक्तिशाली र दमदार साबित भइहेको छ’, उनले भनेका छन् ।
इराले पनि आमाबाबुसँगको सम्बन्धलाई सन्तुलनमा राख्नका लागि थेरापी महत्वपूर्ण साबित भएको उल्लेख गरेकी छन् । कामको कुरा गर्दा आमिर ‘लाल सिंह चड्डा’ रिलिजको दुई वर्षसम्म अभिनयबाट टाढा छन् । तर आउने दिनमा उनी ‘गजनी २’, ‘सितारे जमिन पर’, ‘कुली’ र ‘लाहोर १९४७’मा देखिँदैछन् ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij