Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेपाली चलचित्र ह्रस्व दीर्घको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ह्रस्व दीर्घको ट्रेलर सार्वजनिक

नेपाल सम्वत् ११४५, कछलाथ्वः ६ (२२ कार्तिक, २०८१) ७ नोभेम्वर, २०२४, विहीवार, बाँपीझ्याला । नेपाली चलचित्र ह्रस्व दीर्घको ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको ।

ट्रेलरमा एक्सन, प्रेम, विछोड र प्रेम प्राप्तिका लागि गरेको संघर्ष देखाइएको छ । नीता ढुंगाना र हरिहर अधिकारीको प्रेम, त्यसमा देखिएको अवरोध र प्रेमको बाटोका आएको अवरोध हटाउन गरेको संघर्ष र एक्सन चलचित्रको ट्रेलर अटाएको छ ।

सार्वजनिक ट्रेलरले सिनेमाको कथा खोलेको छैन । तर, धर्मको कठोर नियम र अनुशासनको वरिपरि रहने लभस्टोरी नै चलचित्रको मुख्य कथा रहेको ट्रेलरले संकेत गरेको छ । हरिहर र नीताको मुख्य अभिनय रहेको चलचित्रमा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल वर्मालगायतको पनि अभिनय छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री ढुंगानाले दुई वर्ष लगाएर चलचित्र बनाएको र दर्शकले साथ दिने विश्वास व्यक्त गरिन् ।अभिनेता हरिहरले दर्शकको साथ र सहयोगले मात्रै आफूलाई अभिनयमा सन्तुष्टि मिल्ने बताए । उनले पनि चलचित्रमा मिहिनेत गरेको बताए ।

कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा लगानी अभिनेत्री ढुंगाना र हरिहरको छ । नीता फिल्मसकाे प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, व्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रविन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका छन् ।

https://youtu.be/2h9qtZq-hHU

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार