
नेपाल सम्वत् ११४४, कौलाथ्वः १५ पुर्णिमा (१ कार्तिक २०८१) विहीवार, बाँपीझ्याला । चलचित्र ‘छक्का पञ्जा–५’ले एक सातामा १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
“एक सातामा हाम्रो चलचित्रले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिनुभएको छ,” ‘छक्का पञ्जा–५’का कलाकार तथा निर्माता दीपकराज गिरीले भने ।
गत बिहीबार अथवा फूलपातीका दिनदेखि यो चलचित्र रिलिज भएको थियो । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।
‘छक्का पञ्जा–५’सँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि रिलिज भएका थिए । ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने बक्सअफिस रिपोर्ट सार्वजनिक गरेका छैनन् ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij