
नेपाल सम्वत् ११४४, कौलाथ्वः ३ (१९ असोज, २०८१), शनिवार, बाँपीझ्याला । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ट्रेलर सार्वजनिक गरिएको छ ।
शनिबार सार्वजनिक गरिएको ट्रेलरमा दीपकराज गिरीले घुस नखाने सरकारी कर्मचारीको भूमिकामा रहेको बुझ्न सकिन्छ । त्यस्तै केदार घिमिरे, वर्षा सिवाकोटी, राजाराम पौडेल लगायतको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।
‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सुपरहिट भएका थिए । पाँचौं सिरिज भने दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij