
नेपाल सम्वत् ११४४, ञलागाः ९ (१० असोज, २०८१) विहीवार, बाँपीझ्याला । मनेश्वरी खाद्य उद्योगको उत्पादनमा हालै “छिजि अचार” ब्राण्ड नामबाट घरेलु उत्पादन अचार बजारमा ल्याएको छ । नेपालका ख्याती प्राप्त बरिष्ठ कलाकार समाजसेवी मदनदास श्रेष्ठ “छिजि अचार” प्रबद्र्धन गरेकोमा आफुले गर्व गर्नु हुन्छ ।
वहाँ भन्नु हुन्छ, विशेषतः यस अचारको ब्राण्ड दोलखाको नेवारी भाषामा रहेकोले आफैमा मौलिकता रहेको छ । यसरी प्राचिनतम दोलखा शहरका नेवार जातीले बोलीने मातृभाषा बाट अचारको जुन नामाकरण गरिएको छ यो आफैमा भिन्न महत्व रहेको छ ।

यसै गरी यस अचार उत्पादन गर्ने उद्योग दोलखा शहरको बस्ती भन्दा उत्तरमा पर्ने मञ्जुश्री संग जोडिएको छ, जुन दोलखाको नेवारी भाषामा मनेश्वरी भन्ने गरेकोले यसबाट धार्मीक पर्यटकहरुलाई दोलखा आउन थप सहयोग पुग्ने समेत समाजसेवी मदनदास श्रेष्ठले बताउनु भयो ।
होटेल तपसमा चिया र कफिको चुस्की संगै वहाँले दोलखाको भावना संग जोडिएको नेवारी भाषाबाट नामाकरण गरिएको “छिजि अचार” को प्रबद्र्धनको लागि फोटो सेसन गर्नु भएको थियो । यसरी फोटो सेसन आफैमा विशेष महत्व रहेकोले यसको नाम सं–संगै गुणस्तरमा मिठास, स्वादीलोपन ल्याई नेपाली दाजुभाई, दिदीबहीनीहरुो मन जित्न सफल भई भोलीको दिनमा नेपालमा यो “छिजी अचार” ले एक नम्वरको ब्राण्डको स्थान लिन सकोस् भन्ने अग्रिम शुभकामना दिनु हुन्छ ।
यसै गरी दोलखाका चर्चित समाजसेवी शोभित उप्रेती भन्नु हुन्छ, दोलखाको नेवार जातीले बोलिने मातृभाषा संग जोडिएर यो अचारको नामाकरण “छिजि अचार” गरिएको छ । जुन आफैमा अति महत्व रहेको छ । यो सं–संगै भोलीका दिनमा यस “छिजि अचार” घरेलु उत्पादन संग जोडिएको कारणले यसले नेपालमा स्वरोजगारको अवसर प्रदान गर्नेमा आफु विश्वस्त रहनुका साथै “छिजि अचार” उत्पादक मनेश्वरी खाद्य उद्योग र त्यस उत्पादकका प्रवद्र्धकलाई हार्दिक धन्यवाद सहित सफलताको शुभकामना दिनु भएको छ ।

उक्त अचार फोटो सेसन अवसरमा दोलखाका अग्रज राजनितीज्ञ सुन्दर प्रकास खड्का, निर्माण व्यवसायी राजन उप्रेती, फोटो पत्रकार ज्ञानेन्द खड्का लगायतका शुभचिन्तक महानुभावहरुको उपस्थिती रहेको थियो ।
यस सम्बन्धमा “छिजि अचार” का उत्पादक सुनी प्रधान भन्नु हुन्छ, अहिले बफ, चिकेन र मिक्स बजारमा ल्याईएको बताउनु हुन्छ । यसै गरी मेथी, आँप, टिम्मुर छोप, कागजी, लप्सी अचार बजारय छिट्टै ल्याउने बताउनु हुन्छ । छिजि अचार, छिजि शहर (हाम्रो अचार, हाम्रो शहर) भन्ने नाराका साथ यो अचार बजारमा ल्याएका छौं । यस अचार सम्पूर्ण महानुभावहरुले चाख्नु भई घरेलु उत्पानदमा सहयोग गर्नु हुने कुरामा आफु विश्वस्त रहेको समेत बताउनु भयो ।
साथै यस “छिजि अचार” प्रबद्र्धनको लागि फोटो सेससमा साथ दिनु हुने आदरणिय दाजु दोलखाका गहना मदनदास श्रेष्ठज्यू, समाजसेवी दाजु शोभित उप्रेतीज्यू, अग्रज राजनिती दाजु सुन्दर प्रकास खड्काज्यू लगायत सम्पूर्ण मान्यजनमा हार्दिक आभार सहीत कृतज्ञता व्यक्त गर्नुका साथै आफु हर्षित भएको बताउनु हुन्छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij