Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

असोज ११ देखि 'सानो संसार' र 'आँखा' एकै दिन प्रदर्शन हुँदै

असोज ११ देखि 'सानो संसार' र 'आँखा' एकै दिन प्रदर्शन हुँदै

नेपाल सम्वत् ११४४, ञलागाः ८ (९ असोज, २०८१) बुधबार, बाँपीझ्याला । सानो संसार' र 'आँखा' नामक यी दुई चलचित्र एक साथ प्रदर्शन हुने भएको छ । असोज ११ गतेदेखि नेपाली फिल्म 'सानो संसार' र 'आँखा' एकै दिन प्रदर्शन हुने भएको हो ।

'सानो संसार' सिद्धार्थ पुडासैनीद्वारा निर्देशित फिल्मले परिवारका सदस्यहरूबीचको सम्बन्ध, माया, र आपसी समझदारीको कथालाई केन्द्रमा राखेको छ ।

यस फिल्ममा अञ्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, शिशिर सिवाकोटी लगायतका कलाकारहरूले अभिनय गरेका छन्। फिल्मका निर्माता अर्जुन कुमार हुन् भने कार्यकारी निर्माता माधव वाग्ले रहेका छन्।

यस्तै, 'आँखा' फिल्मले सुकुम्बासी बस्तीमा बस्दै आएको घर सभापतिविहीन दम्पत्तिले जीवनयापनका लागि गर्नुपर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । जातीय र सामाजिक संघर्षहरूबीचको आपसी सम्बन्ध र संघर्षलाई उजागर गर्दै फिल्मले दर्शकको मन जित्न खोजेको छ ।

जोन योन्जनद्वारा निर्देशित यस फिल्ममा स्मिता लामिछाने, आर.के. मेहता, निसा अधिकारी, बुद्धि तामाङ, पशुपति राई लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ। फिल्मका निर्माता जोन योनजन स्वयं हुन् भने कार्यकारी निर्माता नारायण प्रसाद बराल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार