
नेपाल सम्वत् ११४४, यँलाथ्वः १ (१९ भाद्र, २०८१) बुधबार, बाँपीझ्याला । शेर्पा संस्कृतिमा आधारित फिल्म 'कार्साङ्' को प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माताले बुधबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन्। यम शेर्पाको निर्देशन रहेको यो फिल्म पुस २६ गते रिलिज हुनेछ।
सार्वजनिक फर्स्टलुकमा फिल्मका शीर्ष दुई कलाकार दयाहाङ राई र सिर्जना निङ्लेकु छन्। घरको पृष्ठभूमिमा दयाहाङ सुरूवाल मात्र लगाएर उभिएका छन्। हिलो लागेको सुरूवालमा रहेकान उनी कसैसँग झगडा गरेको देखिन्छ। उनको श्रीमतीको भूमिकामा रहेकी सिर्जना छेउमा रोइरहेकी छन्।
निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद रहेको यो फिल्ममा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, रविन्द्र झा, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ। बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गरेका छन्।
यो फिल्मको छायांकन अघिल्लो हप्ता मात्रै छायांकन सकिएको थियो। फिल्मलाई सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन्। प्रधान फिल्मका निर्माता समेत हुन्।
गोविन्द बोहरा सह–निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij