
नेपाल सम्वत् ११४४, गुँलाथ्वः १३ (२ भाद्र,२९८१) आईतबार, बाँपीझ्याला, दोलखा । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टीमले नयाँ पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लामा सिनेमाको प्रस्तुतिमा तयार भएको सिनेमालाई जोन योंजनले लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्रमा स्मिता लामिछाने, आर के मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल, मोहन अभिलाषी लगायत थुप्रै कलाकारहरुले अभिनय गरेका छन् । बाल कलाकारको भुमिकामा प्रसन राई रहेका छन् । राईले चलचित्र गाउँ आएको बाटोमा समेत मुख्य भुमिका निर्वाह गरेका थिए ।
चलचित्रको पोष्टर र मुख्य भुमिकामा स्मिता लामिछाने र आर के मेहता देखिन्छन् । लामिछानेले यसअघि बाह्र सत्ताईस, म राजेश हमाल लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् भने आर के मेहता यसै चलचित्रमार्फत् डेब्यु गर्दैछन् । उनले यो चलचित्रको लागि १५ किलो वजन घटाएका थिए ।
रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा जेसिमो बेटा भर्सन, कोमा, माझिपा लाखे, नारी, के लाग्यो हाल्का ले, एल्लो कमेडी जस्ता थुप्रै नाटकहरु गरेका थिए । उनी ’हारजित’ ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन् । उनले इटालीमा एकडेमिया डेल् आर्ते मा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए । इटालीमा पनि उनले धेरै प्रदर्शनहरू गर्नुका साथै नेपालको मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि ओकर्सप दिएका थिए ।
चलचित्रलाई जौन योंजन आफैले निर्माण गरेका छन् । सहनिर्माताका रुपमा रेनुका कार्की रहेकी छिन् । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको चलचित्र ‘आँखा’को छायांकन आलोक शुक्लाले गरेका हुन् ।
मानवता, सामाजिक दबाब, नैतिक र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन् । यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराईसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण भएको निर्देशक बताउँछन् । दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यहि परिधि भित्रको रमाइलो कथा ’आँखा’ हो ।
निर्देशक योंजनले यसअघि बाह्र सत्ताईस र म राजेश हमाल निर्देशन गरिसकेका छन् । चलचित्र बाह्र सत्ताईस प्रदर्शन भएर पनि युट्युबमा आईसकेको छ भने म राजेश हमाल प्रदर्शनको तयारीमा रहेको छ । उनी नयाँ चलचित्र रोल नं. १ को निर्माणको तयारीमा लागेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij