
नेपाल सम्वत् ११४४, गुँलाथ्वः नवमी (३० साउन, २०८१) बुधबार, बाँपीझ्याला । मानिसमा हरर चलचित्रको क्रेज बढेको छ । केही समययता यस्तो फिल्म रिलिज हुँदा बक्स अफिसमा हलचल मच्चिन्छ ।
अब फेरि एक पटक बक्स अफिसमा राज गर्न फिल्म ‘स्त्री २’ रिलिज हुँदैछ । फ्यानहरू यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका थिए । अब यो प्रतिक्षाको अन्त्य हुँदैछ ।
चलचित्र आज राति ९:३० बजे रिलिज हुनेछ । फर्स्ट डे फर्स्ट शो हेर्नको लागि मानिसहरु तयारीमा जुटेका छन् । स्त्री-२ को अग्रिम बुकिङ खुला भएको छ र यसको अग्रिम बुकिङ धमाधम भइरहेको छ । अग्रिम बुकिङमा यो फिल्मले खेल खेल्ने र वेदलाई पछि पारेको छ ।

एक दिन अगाडि स्त्री २ रिलिज गरेर निर्माताहरुले यसअघि खेल खेलमा र वेदालाई स्त्री २ सँगै १५ अगस्टमा रिलिज गर्ने तयारी गरेका थिए । यी दुवै ठूला स्टारका फिल्म हुन् तर दुवैको बजेट ‘स्त्री २’ भन्दा निकै कम छ ।
स्त्री- २ ले अग्रिम बुकिङमार्फत करोडौं रुपैयाँ कमाएको छ । सकनिल्कको रिपोर्टका अनुसार ‘स्त्री- २’ ले पहिलो दिन अहिलेसम्म ११ करोड २३ लाख रुपैयाँ कमाएको छ । फिल्मको ९७१४ शोका लागि ३७७३८० टिकट बिक्री भएको छ । साँझसम्म यो संख्या अझै बढ्न सक्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij