Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दशैं घटस्थापना : असोज १७ गते प्रदर्शन हुने फिल्म ‘सानो संसार’को अफिसियल पोस्टर सार्वजनिक

दशैं घटस्थापना : असोज १७ गते प्रदर्शन हुने फिल्म ‘सानो संसार’को अफिसियल पोस्टर सार्वजनिक

नेपाल सम्वत् ११४४, दिल्लागाः १२, (१७ साउन, २०८१), विहीवार, बाँपीझ्याला । दशैं घटस्थापना अर्थात असोज १७ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘सानो संसार’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य चार पात्रलाई चित्रण गरिएको छ ।

पारिवारिक कथावस्तुमा बनेको यो फिल्मबाट हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाले डेब्यु गरेकी छन् । फिल्ममा उनलाई गृहणीको रोलमा देख्न सकिन्छ ।

पोस्टरमा एक परिवारको चारजना सदस्य छन्, जसमा दुईजना छोरी छन् । पोस्टर सेयर गर्दै निर्माता अर्जुन कुमारले लेखेका छन्, ‘सानो संसार, ठूलो आशा ।’

अर्जुन कुमार फिल्म्सको प्रस्तुतिमा छायांकनको क्रममा रहेको फिल्ममा तिमिल्सेनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल तथा शिशिर सिवाकोटी मुख्य भूमिकामा छन् । सिद्धार्थ पुडासैनी निर्देशक हुन् ।

पारिवारिक कथावस्तुमा निर्माण भएको यो फिल्मलाई दर्शकले रुचाउने आशा अर्जुनले लिएका छन् । यसअघि ‘चपली हाइट’जस्ता व्यवसायिक हिट फिल्म बनाएका कुमारले नयाँ कलाकारलाई लिएर फिल्म बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार