
नेपाल संवत् ११४४ तछलागाः त्रयोदशी, (२० असार, २०८१), बिहिबार, बाँपिझ्याला । ‘मिस हङकङ नेपाल–२०२३’की विजेता अञ्जना पुन यतिखेर ‘मिस नेपाल’को ताज जित्ने दाउमा प्रशिक्षणरत छिन् । हङककङलाई कर्मथलो बनाउँदै आएकी पोखराकी अञ्जना ‘मिस नेपाल–२०२४’मा पाटिसिपेन्ट छिन् । २६ प्रतियोगीमध्ये अञ्जनालालाई ‘मिस नेपाल–२०२४’को दावेदारका रुपमा समेत हेरिएको छ ।

यसैबेला उनी अभिनीत एक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मिस हङकङ’को उपाधि पाउनुअघिबाटै मोडलिङमा सक्रिय अञ्जना गायक युवराज चौँलागाईको ‘मैले भन्दा माया गर्ने’ बोलको नयाँ गीतको भिडियोमा देखिएकी हुन् । गायक युवराल पाश्र्वगायनमा चर्चित छन् ।
यस गीतको भिडियोमा अञ्जना र अभिनेता पल शाहले अभिनय गरेका छन् । स्याड जनराको यस गीतको भिडियोमा अञ्जना र पलको केमेष्ट्रि सुहाएको छ ।

बरिष्ठ लोकगायिका एवं समाजसेवी चन्द्रज्योति आलेको शब्दरचना रहेको यस गीतको भिडियोलाई पल शाहले नै निर्देशन गरेका हुन् । अभिनेता पलकै अफिसियल युट्युब च्यानल ‘पल शाह अफिसियल’मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई दर्शकले निकै रुचाएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij