
११४४ तछलाथ्वः १, शुक्रबार (२५ जेष्ठ, २०८१) बाँपिझ्याला । डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ आगामी आइतबारदेखि सुरु हुने भएको छ। आयोजक आइडीए स्टुडियोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही जेठ २७ गतेबाट ‘डान्स च्याम्पियन सिजन २’ प्रसारण हुने जानकारी गराएको हो।

शो एपीवान टेलिभिजनमार्फत प्रसारण हुने आयोजक आईडिए स्टुडियोले जनाएको छ। सिजन टु मा सहभागीले सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रस्तुति गर्न पाउने जनाइएको छ। प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिटो पावर लगाउन सक्ने व्यवस्था रहेको उक्त शोको अडिसन राउण्ड सकिइसकेको छ।

शोका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीत, संगीत, नृत्य र अभिनय सबै कलाकारिताका एक अर्काका परिपूरक भएको बताए।
उनले भने, ‘गीत, संगीत, नृत्य र अभिनय यी सबै कलाकारिताका एक अर्काका परिपूरक हुन्। जब म कलाकार बन्न आएको थिएँ, त्यति बेला यस्तो डान्स रियालिटी शो खासै थिएन। कहाँ सिक्ने होला भन्ने थियो। डान्स स्कुलहरू थिएनन्। चाहेर पनि डान्स सिक्न पाइनँ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij