बाँपीझ्याला, छठ पर्व सुरु भएसँगै मुख्य दिन ‘सन्ध्याकालीन अर्घ्य’का निम्ति सामग्री व्यवस्थापन र पोखरी, तलाउ, नदीलगायत जलाशय सफा गरेर सजाउने काम सुरु भएको छ । सदरमुकाम सिराहाको दुर्गा पोखरी, गोरियारी पोखरी, पञ्चमुखी बाबाजी पोखरी, राजदेवी पोखरीसँगै कमला, बलान, गागन, घुर्मी नदीहरू र अन्य बजार क्षेत्रका पोखरीमा पूजास्थल निर्माण र सजाउने काम तीव्र रूपमा भइरहेको छ ।
यता ग्रामीण र मुख्य बजार क्षेत्रहरू सदरमुकाम सिराहा, लहान, मिर्चैया, गोलबजारमा विशेष रूपमा माटो र बाँसको चोयाले बनेका पूजा सामग्रीको खरिद–बिक्री बढेको छ । त्यससँगै झुप्पावाला केरा, फलफूल किन्न बजारमा भिडभाड देखिएको छ । माटोका घैला, हात्ती, दिया, ढकना र बाँसको चोयाले बनेका ढकिया, सुपा, कोनिया, डगरी, झुप्पावाला केरा, नरिवल, पातसहितको उखुको खरिद–बिक्री बढेको हो ।
बुधबारदेखि सुरु भएको छठ पर्वको दोस्रो
दिन भोलि खरना रहेको छ । दिनभरि व्रत बसेका व्रतालुहरू खरनामा विशेष प्रकारको खिर बनाउने गर्छन् । खिर प्रसादका रूपमा ग्रहण गरेपछि व्रतालुहरूको निराहार व्रत सुरु हुन्छ । आगामी शुक्रबार अस्ताउँदो सूर्यलाई र शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुने प्राध्यापक चन्देश्वरप्रसाद यादवले बताए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij