
१५ माघ, बाँपीझ्याला, काठमाण्डौं । आचार्य गोपालबाट निर्देशित बालमनोविज्ञानमा आधारित सर्ट फिल्म ‘किबोर्ड’को शुक्रबार विशेष प्रदर्शनी भएको छ । क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको उक्त फिल्मको प्रज्ञा प्रतिस्ठानमा बाल पुस्तकप्रदर्शनी– २०८०को क्रममा प्रदर्शनी भएको हो । फिल्ममा अभिभावकको डिभोर्स हुँदा बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई रचनात्मक ढंगले प्रस्तुत गरिएको छ । बाआमाबीच हुने सम्बन्ध विच्छेदले बालबालिकामापार्ने गरेको प्रभावलाई बालकथाको माध्यमबाटउजागर गरेको चलचित्रका लेखकबिजयराजआचार्यले बताए ।

चलचित्रका प्रमुख पात्र जियान संगीतमा रुची राख्छन् । उनी विद्यालयमा हुने गायनप्रति प्रधामा भाग लिन्छन् । निरन्तर संगीत सिक्छन् । किबोर्डसँगै रमाउँछन् । तर, घरमा हुने बाआमाको बेमेलले उनी विचलित भएका हुन्छन् । अभिभावकको खटपटले संगीतमा विलक्षण प्रतिभा भएका जियानको मस्तिष्कमा नकारात्मक प्रभाव पार्न थाल्छ । त्यसपछि उनको सांगीतिक जीवन कसरी अगाडि बढ्छ ? भन्ने कथावस्तुलाई निर्देशक आचार्य गोपालले फिल्ममा प्रस्तुत गरेका छन् ।

फिल्ममा आलोक चौरेली, कृष्णभक्त महर्जन र रश्मि भट्टको मुख्य अभिनय रहेको छ । फिल्मलाई सुजय गौतमको छायांकन, दिवस धितालको सम्पादन, टेकेन्द्र नेपालीको संगीत, भरत कँडेलको साउन्ड डिजाइन, भीष्म जोशीको कास्टिङ, आशुका अर्याल सहनिर्देशन, धिरज अधिकारीको लोकेसन साउन्ड र सरोज खड्का प्रोडक्सन म्यानेजर रहेका छन् ।
सन्देश आचार्य र कौशलकुमार भट्टराईले निर्माण गरेको यस फिल्मलाई अब अन्तर्राष्ट्रिय फिल्म महोत्सव र स्कुलहरुमा प्रदर्शन गर्नेसमेत निर्देशक आचार्यले बताए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij