
१० माघ, बाँपीझ्याला, काठमाण्डौं । कमेडी शो 'कमेडी च्याम्पियन'को तेस्रो सँस्करण घोषणा भएको छ । फागुन ३ देखि यो शो कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने सम्झौता भएको छ ।
थ्री प्रोडक्सनको प्रस्तुति रहने यो सँस्करणलाई अझै उत्कृष्ट बनाइने निर्देशक विशाल भण्डारी बताउँछन् । 'सिजन एक र दुई सिजनलाई सबैले मन पराइदिनुभयो । हाम्रो काम खासमा स्क्रिनले नै बोलिरहेको हुन्छ । यो काम हाम्रो सानो टिमले गरेको हो,' भण्डारीले भने, 'यही टिमले तेस्रो सँस्करणलाई अझै उत्कृष्ट शो बनाउनेछ ।'

कान्तिपुर मिडिया ग्रुपका सिइओ शिशिर पछाई कोभिडपछिका समाजलाई यो सँस्करणले हँसाउँदै लैजानेमा विश्वस्त छन् । 'कोभिडपछिका दर्शकलाई पुर्ण रुपले हँसाएर लैजानेछ भन्नेमा विश्वस्त छु,' उनले भने ।

शोमा ३३ एपिसोड प्रस्तुत हुनेछ । शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ । शोमा निर्णायककारुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, रिचा शर्मा र मनोज गजुरेल छन् । 'मेरो हाँसो स्क्रिप्टेड हुँदैन । म अरुजस्तो जबरजस्ती हाँस्दिन,' पत्रकार सम्मेलनबीच सोधिएको प्रश्नमा निर्णायक पन्तले जवाफ दिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij