ज्योतिष विष्णु खनाल
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन शनिबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ।कुकुरलाई पूजा गर्दा भन्ने मन्त्र यस प्रकार छ । “द्वौ श्वानौ श्यामशवलौ वैवश्वतकुलोद्भवौ। ताभ्यामन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा ।।“ धार्मिक विश्वास अनुसार यमलोकमा यमराजको ढोकामा पाले भएर बस्ने कुकुरले यमलोक जाँदा बाटो छाडिदिने बताइन्छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।
शनिबार बिहान अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको छ। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।यमदीपदान गर्ने मन्त्र यस प्रकार रहेको छ। “दत्तो दीपश्चतुर्दश्यां नरकप्रितये मया ।चतुर्वतिर्समायुक्तः सर्वपापापनुत्तये।।“ यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ ।

आज दिनको १ः४९ मिनेट बाट औंसी लागेकोले लक्ष्मीपूजा पनि आजै परेको छ।भोलि राति सम्म औंसी नभएको र बिशेष लक्ष्मीपूजा साझमा हुने भएकाले आज लक्ष्मी पूजा भएको हो ।बिशेषतः भगवती लक्ष्मीका आठ रुप रहेका छन् ।जस्को जे कामना हुन्छ सोही अनुसार बिशेष लक्ष्मीको पूजा गरिन्छ । सुख, सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित माता लक्ष्मीको पूजा गरि आफ्ना दराज सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गरिन्छ ।दिपावलीमा “तमसोमा ज्योतिर्गमय“ अर्थात अन्धकारबाट प्रकाशतर्फ लागि आफुलाई आत्मिक रुपमा सुख सन्तोष प्रदान गर्न दियो र झिलिमिली बत्ती पनि बालिन्छ। आजकै दिन चेलीबेटीले भैलो खेल्ने चलन पनि छ । बिशेष सतर्कताका साथमा चाडपर्व मनाउनु होला ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij