बाँपीझ्याला, काठमाण्डौं । नेपाल टेलिकमले तिहार, नेपाल संवतको तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु पनि उपलब्ध गराउने भएको छ ।
कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको छ । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५, २०७७) सम्म उपलब्ध हुनेछन् । यसका साथै सेवाग्राहीको सुविधाका लागि थप विशेषतासहितको अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागु हुनेछन् ।
क) फेस्टिभल अफर – दशैमा उपलब्ध अफरको निरन्तरता
फेस्टिभल अफरका रुपमा जीएसएम/सीडीएमए मोबाइलको व्यालेन्स टप अप (त्यउ गउ) गर्दा निम्नानुसारको वोनस उपलब्ध हुनेछ:–
- रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोसबाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिनका लागि ५ मिनेट वोनस ।
- रिचार्ज कार्डबाट रु. १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट वोनस ।
- रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट वोनस ।
- एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट वोनस ।
- रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट वोनस ।
- रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट वोनस ।
ख) अटम अफरमा थप सुविधा
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले १४१५ मा डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम एप’ तथा कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij