
काठमाण्डौं जिल्ला साँखुमा २०३८ साल असोज ६ गते बा महन्तलाल मल्ल र आमा सरस्वती मल्लको कोखबाट जन्मुन भएकी जेठी सुपुत्री मिला मल्ल प्रधान हुन । २०५४ सालमा एस.एल.सि. पास गर्नु भएकी मल्ल प्रधानले मानविकी बिषयमा स्नातकसम्म अध्ययन पुरा गर्नु भएकी छिन् ।

न्यु वेभ बोडिङ स्कुल नयाँ बजारबाट आफ्नो क्यारिएर शुरु गर्नु भएका मिला मल्लले वि.सं. २०६१ सालमा भीमेश्वर नगरपालीका वडा नं. २ निवासी ताराजी प्रधानसँग बैबाहिक जिवनमा बाँधिनु भएकी मल्लकी दुई सन्तान छन् ।
वहाँहरु हुनु हुन्छ एक छोरा क्षितीज प्रधान र अर्की छोरी आश्वीनी प्रधान ।

पाठशाला समुहको कोषाध्यक्षको पदमा रही दोलखा काठमाण्डौंको सामाजिक क्षेत्रमा आफ्नो प्रतिनिधित्व जनाई सामाजिक सेवा गर्दै आउनु भएका मिला ट्रियोग साईनका प्रबन्धक हुनु हुन्छ । यसभन्दा अगाडी सुर्य ईन्टरनेशनलमा पब्लीक रिलेशन अफिसरको जागिरबाट आफुलाई व्यस्त र परिपक्व बनाएको महशुष गर्नु हुन्छ ।

मेहनती र लगनशिल स्वभाव भएकी मिलाको श्रीमान् ताराजी प्रधान झन मेहनती र उद्यमसिलतामा अग्र रहेर सेवामूलक क्रियाकपाल गर्दै अगाडी बढी रहनु भएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij