२६ कार्तिक, बाँपीझ्याला, चितवन । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा कालिका नगरपालिकाका किसानको व्यस्तता बढेको छ । बारीका सयपत्री फूल टिपेर माला गाँस्ने र बजार पुर्याउन उनीहरुलाई भ्याइनभ्याई छ ।
यस वर्ष कोरोना संक्रमणका कारण चाडको खासै रौनक छैन । मलमासको कारण चाडबाड पछि परेकाले किसानलाई अघिल्ला वर्षहरुमा जस्तो चटारो छैन ।
बिगतमा धान भित्राउने बेला र तिहारको दिन सँगसँगै जस्तो पर्ने हुँदा किसानहरुलाई चटारो हुन्थ्यो । तर यस वर्ष तिहार अलि पछि परेकाले धान भित्र्याइसकेर तिहारका लागि माला तयार गर्न उनीहरुलाई अलि सहज भएको छ । तिहारमा सबैभन्दा धेरै खपत हुने फूल सयपत्री र मखमली हो ।
कालिका नगरपालिकामा तिहार लक्षित व्यावसायिक फूल खेती गर्ने किसान ह्वात्तै बढेका छन् । यहाँका किसानले सामूहिक र व्यक्तिगत रुपमा सयपत्री फुलाउन थालेपछि यतिखेर यस क्षेत्र रंगीबिरंगी भएका छन । सयपत्री जताततै ढकमक्क फुलेको छ । नगरपालिकाको वडा-२ मा सयपत्रीले सवैको मन यतिखेर मन लोभ्याएको छ ।
करिव दुई विगाहा लगाएको सयपत्री फुलेपछि बटुवालाई यसको सुगन्धले झनै मोहित बनाउँछ । विदेशमा बसेका युवाहरु नेपाल फर्कपछि नेपालमै केही उदारणीय काम गर्नको लागि कृषिमा लागेको बताउछन गोविन्द बास्तोला ।

उनी भन्छन बिदेश बाट फर्किएका र गाउँ मै विकल्प खोजिरहेका गाउँका युवाहरूलाई कृषिमा नि धेरै सम्भावना छ है भनेर देखाउन फुर्सदको समय लाई सदुपयोग गर्दै हामिले गरेको फुल खेति गरेका हौ।
फुर्सदको समयको सिर्जनात्मक उपयोग र गाउँमै केही गर्नुपर्छ भनि विकल्प खोजिरहेका गाउँका युवाहरू लाई कृषिमानि धेरै सम्भावना छ है भनेर देखाउन फुर्सदको समय लाई सदुपयोग गर्दै कालिका नगरपालिका वडा न २ का युवाहरु मिलि सयपत्री फुल खेती गरेर सबैलाई आकर्शित तुल्याइदिएका छ्न।
कृषक : गोबिन्द बास्तोला, चितवन कालिका नगरपालिका वडा ;२
पेशाले लेक्चरर रहेका गोबिन्द बास्तोला, काठमाडौ मा ब्यवसाय गर्ने सुबास आचार्य र पोखरामा रोजगारी गर्नुहुने खगेश्वर बास्तोला मिलि गरेको पुस्प खेती हेर्न अहिले गाउँ का बुढापाका देखि युवाहरु सम्मको लर्को लाग्ने गरेको छ।
आफुहरुले उत्पादन गरेको फुल बाट माला बनाइ सिधै उपभोक्ता को मा पुर्याउने गरि पकृया मिलाएको र उपभोक्ता ले बजार मुल्य भन्दा प्रती माला १५,२० रुपैयाँ सस्तो पाउने उहाँहरुको दाबी छ।
अहिले भरपुर, नारायणगढ, गैंडाकोट, टाडी लगायतका ठाउँ बाट लक्ष्मी पुजा र भाइ टीका को दिनलाई माला को अर्डर आइरहेको बजार ब्यवस्थापक प्रमुख खगेश्वर बास्तोलाले बताउनु भएको छ।
ब्यवसायिक भन्दापनी समाजमा रहेको परम्परागत र निर्बाहमुखी खेती प्रणाली लाई ब्यवसायिकमा ढाल्न उत्प्रेरणा मिलोस भन्ने उद्धेश्यले फुल खेतिको अवधारणा ल्याइएको बताएका छ्न।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij