
बाँपीझ्याला, काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ ।
कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाइदिएको छ भने ८० वटा गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो ।
त्यहाँका ५१ जना किसानलाई सो बाछी वितरण गरिएको थियो । सो ८० वटा बाछीलाई विस्तार गरी सिन्धुलीको पाँच सय घरधुरी किसानलाई पु¥याउने लक्ष्य राखिएको हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरेको मिल्की वे परियोजनाका निर्देशक नारायणप्रसाद शर्माले बताए ।

कोरिया सरकारले उपलब्ध गराएको बाछी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ४ र ५ का ५१ किसान परिवारलाई वितरण गरिसकेको छ । अहिले ती बाछी ठुला ठुला भइसकेका छन् । हेफर नेपाल र कमलामाई नगरपालिकाले १०९ जना किसानलाई राखेर विभिन्न समूह बनाएका छन् । पहिलो लटमा १०९ जनामध्ये ५१ जनाले सो बाछी (गाई) पाएका छन् ।
८० वटा गाईमध्ये छ वटा लम्पी स्किनको रोगबाट मरेका छन् । बाँकी रहेको ७४ वटा गाईमध्ये ६९ गाईलाई गर्भधारण गराएका छन् । त्यसमध्ये ३७ वटा गाई गर्भवत्ती छन् । अरू बाँकीको गर्भ सुनिश्चित भएको छैन सायद एक दुई महिनाभित्र ६९ वटै गाईको गर्भ सुनिश्चित हुने हेफर नेपालले जनाएको छ । सिन्धुली आउनुभएका हेफर कोरियाका निर्देशक हे वन लीका अनुसार यी गाई उपहार स्वरूप नै आएका हुन् ।

कोरियाका किसान, विद्यार्थी अन्य व्यक्तिहरूले नेपाललाई कारिया सरकारमार्फत नेपाललाई प्रदान गरेको हो । कोरिया सरकारले उपहार स्वरूप दिएको कारणले पनि यहाँका किसानले पनि कम से एउटा बाछी अर्को किसानलाई दिनुपर्ने प्रावधान रहेको हेफर कोरियाका निर्देशक लीले बताए ।
गाई प्राप्त गरेका किसानले आनुवंशिक स्रोतबाट पहिलो बाछीसँगै प्राप्त गरेको सिप र ज्ञानलाई अर्को किसानलाई हस्तान्तरण (हेफरको पासिङ अन द गिफ्ट बिजनेस मोडेल) गर्नैपर्ने प्रावधान रहेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij