नेपाल सम्वत् ११४७, कछलाथ्वः २, द्वितिया (२५ कार्तिक २०८३, ११ नोभेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । तिहारको पाँचदिने यमपञ्चक अवधिमा सुनसरीको धरानस्थित कृषिउपज बजारस्थलबाट करिब ३० हजार केजी (३० टन) फलफूल बिक्री भएको छ। यस अवधिमा करिब एक करोड रुपैयाँ बराबरको फलफूल कारोबार भएको धरान कृषिउपज बजारस्थलले जनाएको छ।
बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार तिहारमा फलफूलको माग उच्च हुने भएकाले स्याउ, अनार, सुन्तला, अंगुर, किवी लगायतका फलफूलको बिक्री बढेको हो। तिहारका पाँच दिनमा मात्रै करिब ३० हजार केजी फलफूल बिक्री भएको उहाँले जानकारी दिनुभयो।
धरान कृषि बजारमा स्वदेशी उत्पादनसँगै भारत र चीनबाट आयात गरिएका फलफूलसमेत बिक्री हुने गरेका छन्। पूर्वी पहाडी जिल्लामा उत्पादित अम्बा, ड्रागन फ्रुट, किवी, एभोकाडो र सुन्तलालगायतका फलफूल किसान तथा व्यापारीमार्फत बजारमा भित्रिने गरेका छन्। त्यस्तै, स्याउ, अनार र अंगुरजस्ता फलफूल भारत तथा चीनबाट आयात हुने गरेका छन्।
व्यवस्थापक भट्टराईका अनुसार बजारमा बिक्री हुने फलफूलमध्ये करिब ५० प्रतिशत नेपाली उत्पादन रहेको छ। नेपाली उत्पादनतर्फ मुख्यगरी एभोकाडो, किवी र सुन्तलाको हिस्सा बढी रहेको छ। तेह्रथुम, धनकुटा, ताप्लेजुङ, भोजपुर र सङ्खुवासभालगायत पूर्वी पहाडी जिल्लाबाट मौसमी फलफूल सङ्कलन गरी धरान बजारमा ल्याउने गरिएको उहाँले बताउनुभयो।
पहाडी जिल्लाबाट सङ्कलन गरिएका फलफूल धरानका व्यापारीमार्फत इटहरी, विराटनगरसहित पूर्वी नेपालका विभिन्न सहर तथा ग्रामीण बजारसम्म पुग्ने गरेका छन्। त्यसैगरी, भारत र चीनबाट आयात गरिएका स्याउ, अनार र अंगुर पनि धरानलाई केन्द्र बनाएर पूर्वी नेपालका विभिन्न जिल्लामा आपूर्ति हुने गरेका छन्।
कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा उत्पादित कृषिउपजको सङ्कलन, बिक्री वितरण तथा बजारीकरणका लागि धरान कृषिउपज बजारस्थल प्रमुख केन्द्रका रूपमा स्थापित छ। यस बजारले पहाडी क्षेत्रका किसानलाई उत्पादन बिक्री गर्ने बजार उपलब्ध गराउनुका साथै पूर्वी नेपालका विभिन्न क्षेत्रमा फलफूल तथा तरकारीको आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij
