Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

प्राध्यापक अमन श्रेष्ठको तेह्रौं पुस्तक “दोलखा परिचय” लोकार्पण

प्राध्यापक अमन श्रेष्ठको तेह्रौं पुस्तक “दोलखा परिचय” लोकार्पण

बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नं.२ प्राचिन शहर दोलखा ट्वाल्चा टोल स्थायी घर भई हाल झम्सिखेल सानेपा बस्र्दै आउनु भएका पाटन संयुक्त क्याम्पसका पूर्व क्याम्पस प्रमुख अमन श्रेष्ठद्वारा लिखित “दोलखा परिचय” लोकार्पण सम्पन्न भएको छ । उक्त पुस्तक वहाँको तेह्रौँ कीर्ति हिजो असोज १३ गते शनिवारका दिन भीमेश्वर नगरपालिका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ र वरिष्ठ इन्जिनियर एवं समाजसेवी आत्माकृष्ण श्रेष्ठको हातबाट संयुक्त रुपमा लोकार्पण गरिएको छ ।

प्राध्यापक अमन श्रेष्ठले यसभन्दा अघि कलेज स्तरीय आंई.ए. र बी.ए. का पाठ्यपुस्तक, मानवाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २०७५, संविधानसभा महासंग्राम विश्व क्रान्तिमा नयाँ आयाम २०६५, नेपालमा स्थानीय शासन २०७५, स्थानीय सरकारको न्यायिक अधिकार २०७५, संवैधानिक विकासक्रम तथा नेपालको संविधान २०७२, शैक्षिक सामान्य ज्ञान २०७३, स्थानीय तहको नयाँ संरचना २०७४, नेपालको चाडपर्व तथा राष्ट्रि दिवसहरू २०७५, नेपालमा संवैधानिक विकास र संविधानवाद २०७५, संविधानभिाः विघटनदेखि निर्वाचनसम्म २०७०, नेपालमा सहकारी अभियान २०८० प्रकाशित भईसकेका कीर्तिहरू हुन् ।

‘दोलखा परिचय’ वस्तुतः दोलखा जिल्लाभरिको ऐतिहासिक स्थल, भौगोलिक विषमता, प्राकृतिक दृश्यका स्थलगत चित्रण, सांस्कृतिक सम्पदा, रीतिरिवाज र जात्रापर्वलाई निखारेर प्रस्तुत गरेको देखिन्छ । दोलखामा भएको लिच्छविकालीन सभ्यतादेखिका तथ्यलाई ऐतिहासिक पृष्ठभूमिमा केन्द्रित रहेर तैयार पारिएको उक्त पुस्तकमा दोलखाको प्राचीन मौलिकतालाई भने त्यत्ति ध्यान दिइएको देखिंदैन, तथापी दोलखामा राजा भएर आधिपत्य चलाइ शासन गरेका कुरालाई पूर्व प्राथमिकताका साथ टिप्पणी गरिएको छ ।

दोलखामा भएका सुरेल, जिरेल, थामी जातिको शुरुआती इतिहासमा केही नपुग भएपनि पुस्तक पल्टाउँदा उत्सुकता छाईरहन्छ । यसलाई पूरा पढिसकेपछि उदास होइन उत्साह र उत्सकता थपिंदै जान्छ । स्मरण रहोस् उनका दाजु दिवंगत जगतनारायण श्रेष्ठ भीम माध्यमिक विद्यालयका माध्यमिक तहका इतिहास शिक्षक थिए ।

प्राध्यापक अमन श्रेष्ठले थुप्रै पत्रपत्रिकामा विश्लेषणात्मक टिप्पणी तथा विवेचनाहरू लेखेर प्रकाशित गरिएका लेखहरू पनि यथेष्ट छन् । यसै गरी उक्त पुस्तकको सहयोग राशी रु. ९९५/– राख्नु भएको छ । पुस्तकको लागि ९८४१४३३२८७ मा सम्पर्क गरी उपलब्ध गर्न सक्ने पनी लेखक श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार