बाँपीझ्याला, धनकुटा । नेपालीहरुको महान चाड दशैँ सुरु भएसँगै चङ्गा उडाएर रमाइलो गर्ने परम्परा पुरानो हो।
दशैंमा चङ्गा उडाएर रमाइलो गर्ने चलन पछिल्लो समय हराउँदै गएपनि यो वर्ष भने कोरोना महामारीले सरकारले गरेका लकडाउनका कारण धनकुटामा चङ्गा उडाउने संख्या दिनानुदिन बढिरहेको छ।
दशैँ बाहेक अरुबेला खासै चङ्गा उडाउने गरिदैँन। मनोरन्जन, प्रतिष्पर्धा र धार्मिक विश्वासको रुपमा पनि दशैमा चङ्गा उडाउने गरिन्छ। पछिल्लो समय भने चङ्गा उडाउने चलन लोप हुँदै गइरहेको थियो।
तर, यो वर्ष भने लकडाउन शुरु भएदेखि नै धनकुटामा चङ्गा उडाउनेको संख्यामा बृद्दी भएको हो ।
लकडाउनका कारण घरमै बस्नुपर्ने भएकाले आआफ्नो घरको छतबाट चङ्गा उडाउन थालिएको र यो क्रम निरन्तर रहेको धनकुटा–५ माथिल्लो कोप्चेका कोमल आठपहरियाले बताउनु भयो।
धनकुटाको तल्लो कोप्चे, माथिल्लो कोप्चे, छोम्देन, वडाङ, कर्मिटार, माझगाउँ लगायतका स्थानका घरको छतबाट चङ्गा उडाएर जुधाइ गर्ने गरिएको छ।
चङ्गा जुधाएपछि जस्को धागो चुडिन्छ त्यसलाई हकेट भनेर चैट भएको घोषणा गरिने गरिएको छ।
चङ्गा उडाउन प्रयोग गरिने धागोमा आआफ्नो तरिका अनुसार सिसाको धुलो, साधना, ध्यू-कुमारी, सिमलको चोप, चिप्लेझार प्रयोग गरेर माड बनाएर लगाउने र यो धागोले अरुको धागो काट्ने सहयोग पुग्ने स्थानीय बताउँछन।
चङ्गा उडाउनुलाई केबल मनोरञ्जन लिने तरिका मात्र भन्दापनि चाडपर्व आएको संकेतका रुपमा पनि लिने गरिन्छ । वर्षायाम भरि धेरै पानी परिसकेको हुनाले धान पाक्ने बेलामा पानीका राजा इन्द्रदेवलाई पानी चाहिँदैन भनेर चङ्गा उडाएर सन्देश पठाइएको किम्बदन्ती छ ।।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij