बाँपीझ्याला, काठमाडौं । बडा दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध पनि गरेको छ ।
दशैंमा साधारणतया आफ्नो मान्यजनहरुबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन चल्दै आएको थियो । ब्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंक अफ काठमाण्डूले ‘तीनमा तीन सय’ नगद उपहार योजना ल्याएको हो ।
साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहकहरुले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा रु. १००० वा सो भन्दा बढि भएमा रु. ३०० नगद उपहार लागि ग्राहकहरु योग्य हुनेछन् ।
जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाइरस संक्रमणको बाहक हुन नदिन ग्राहकहरुलाई दक्षिणा दिँदा यस बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित हुन सकिने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले निम्न लिखित शर्तहरुको पालना गर्नुपर्ने छ ।
१. यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ ।
२. रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ती फरक फरक हुनुपर्नेछ ।
३. उक्त दक्षिणा प्रदान गर्दा ३ कारोबार गर्दा रु. १,००० वा सो भन्दा बढी हुनुपर्नेछ ।
४.दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोनपेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ ।
५. दक्षिणा कारोबारको विबरणमा ‘दक्षिणा’ राख्नु पर्नेछ ।
६. यो योजनामा सहभागी हुन विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij