बाँपीझ्याला, एजेन्सी । हिजो कात्तिक १ गते घटस्थापनाको दिनबाट नवरात्रि सुरु भएको छ । आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन गरिन्छ । माता ब्रह्मचारिणीको पूजा आराधना गर्दा शक्ति बढ्ने विश्वास गरिन्छ ।
शास्त्रका उल्लेख भएअनुसार माता दुर्गाले पार्वतीको रुपमा पर्वतराजकी पुत्री बनेर जन्म लिएर महर्षि नारदको सल्लाहमा भगवान महादेवलाई पतिको रुपमा पाउन कठोर तपस्या गरेकी थिइन् । हजारौँ वर्षको कठोर तपस्यापछि उनको नाम तपश्चारिणी (ब्रह्मचारिणी) नाम रहन गएको थियो ।
माता ब्रह्मचारिणी दायाँ हातमा माला र बायाँ हातमा कमण्डलु लिएको स्वरुपमा रहन्छिन् ।
माता ब्रह्मचारिणीले जीवनमा बिना परिश्रम, तपस्या सफलता प्राप्त गर्न असम्भव हुन्छ भन्ने सन्देश दिन्छिन् । बिना परिश्रम सफलता प्राप्त गर्नु भगवान्को नियमविपरित हुने धर्ममा उल्लेख छ ।
त्यसैले, ब्रह्मशक्ति अर्थात कडा परिश्रम गर्नुपर्छ भन्ने कुराको स्मरण गर्नुपर्छ । योग–शास्त्रमा यो स्वाधिष्ठानमा रहन्छ । जसले कठोर परिश्रम गर्छ । त्यही व्यक्ति बलवान र सर्वत्र पुजिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij