
बाँपीझ्याला, काठमाडौँ । बलियो वर्ड अफ माउथ, सकारात्मक समीक्षा र अन्य ठूला फिल्म रिलिज नभएपछि जेम्स क्यामरुन निर्देशित हलिउडको साइन्स–फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । विश्व बक्स अफिसमा फिल्मले अहिलेसम्म १.४४ बिलियन डलर कमाएको छ ।

एक-दुई दिनमै फिल्मले टम क्रुज स्टारर अर्को हलिउड फिल्म ‘टपगन माभेरिक’लाई उछिन्ने पक्का भएको छ । ‘टपगन २’ले १.४८ बिलियन डलर कमाउँदै सन् २०२२ मा धेरै कमाउने फिल्मको कीर्तिमान राखेको छ ।
‘अवतार २’ ले एक–दुई दिनमै ‘टपगन २’ को रेकर्ड तोड्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कुनै पनि फिल्मले लाइफटाइम कति कमाउँछ भनेर यकिन भविष्यवाणी गर्न कठिन त हुन्छ तर अहिलेसम्म अवतार २ ले यसको प्रिक्वेलभन्दा राम्रो प्रदर्शन गरिरहेको छ ।
अवतारको पहिलो शृंखला अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो । लगानी उठाउन पनि ‘अवतार २’ले चौथो वा पाँचौं सबैभन्दा धेरै कमाउने फिल्म हुनुपर्ने यसका निर्देशक जेम्स क्यामरुनले बताइसकेका छन् । नेपाली बक्स अफिसमा अवतारको दोस्रो श्रृंखलाको लाइफटाइम कलेक्सन १० करोड रुपैयाँ हाराहारीमा हुने प्रक्षेपण गरिएको छ । यो फिल्मले विश्वव्यापी सकारात्मक समीक्षा प्राप्त गरेको छ, जसलाई रटन टोम्याटोजले ७७ प्रतिशत पोजेटिभ रिभ्यु दिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij