
बाँपीझ्याला, काठमाडौँ । हलमा प्रदर्शन भइरहेको हलिउडको साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’को लम्बाइ छोटिएको छ । निर्देशक जेम्स क्यामरुनले १० मिनेटको दृश्यलाई कटौती गरिएको बताए । सयौंको ज्यान जाने गरी अमेरिका, न्युजिल्याण्ड लगायतका मुलुकमा हालै भएका गोलीबारीका घटनालाई ध्यानमा राखेर फिल्मको लम्बाइ छोटाइएको उनले जानकारी दिए । दर्शकले बुधबारदेखि फिल्मभित्र बन्दुक हिंसाका दृश्य हेर्न पाउनेछैनन् ।

१० मिनेट छोटिएपछि अब फिल्मको लम्बाइ तीन घण्टामा सीमित भएको छ । ‘म आफ्ना एक्सन दृश्यमा बन्दुकको प्रयोग भएको हेर्न चाहँदिन,’ क्यामरुनलाई उध्दृत गर्दै भेराइटी म्यागजिनले लेखेको छ ।
उनले भनेका छन्, ‘मैले बन्दुक हिंसाका दृश्यलाई लक्षित गर्दै फिल्मको लगभग १० मिनेट काटें । म केही कुरूपताबाट छुटकारा पाउन, उज्यालो र अँध्यारोबीचको सन्तुलन खोज्न चाहन्छु । पक्कै पनि द्वन्द्व हुनुपर्छ । हिंसा र एक्सन एउटै कुरा हो, तपाईं यसलाई कसरी हेर्नुहुन्छ त्यसमा निर्भर गर्दछ । हरेक एक्सन फिल्म निर्माताको दुविधा हो, र म एक एक्सन फिल्म निर्माताको रूपमा चिनिन्छु ।’
क्रिसमससम्म ९५० मिलियन डलरको उछाल कमाइ
क्रिसमस बिदाको कारण ‘अवतार २’को कमाइमा उछाल कलेक्सन भएको छ । विश्व बक्स अफिसमा फिल्मले क्रिसमस समाप्तिसम्म ९५५.१ मिलियन डलर कमाएको छ । सोमबार उत्तरअमेरिकी बक्स अफिसमा फिल्मले ३१.५ मिलियन डलर कमाउँदा त्यसबाहेकको अन्तर्राष्ट्रिय बजारमा ५२.५ मिलियन डलर कमायो ।
प्रदर्शनको दुई सातामै अवतार : वे अफ वाटरले ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ (८०० मिलियन), द ब्याटम्यान (७७० मिलियन), थोर : लभ एण्ड थण्डर (७६० मिलियन), मिनियन्स : द राइज अफ ग्रु (९३९ मिलियन)लाई उछिनेको छ ।
अवतारको दोस्र्रो श्रृंखलाले आगामी सातामा पनि उछाल कमाइ गर्ने प्रक्षेपण गरिएको छ । तर विश्वभर बढेको चिसो र कोभिडको नयाँ लहरले टिकट बिक्रीमा चुनौती सिर्जना गरेका छन् । फिल्मले लगानी उठाउन दुई बिलियन डलर कमाउनैपर्ने निर्देशक क्यामरुनले यसअघि नै बताइसकेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij