बाँपीझ्याला, काठमाडौँ । ‘ब्रोकब्याक माउण्टेन’ र ‘लाइफ अफ पाइ’जस्ता फिल्मबाट ओस्कार अवार्ड जितेका निर्देशक आङ लीले मार्सल आर्ट्स स्टार ब्रुस लीको जीवनमाथि फिल्म बनाउने भएका छन् ।
फिल्ममा ब्रुस्लीको भूमिका चाहिं उनका छोरा मासोन लीले निर्वाह गर्ने भएका छन् । हलिउड स्टुडियो सोनी पिक्चर्ससँग मिलेर बनाउन लागिएको यो फिल्मबारे प्रि-प्रोडक्सन सुरु भएको छ । डन फटरम्यानले अहिले ब्रुस लीको जीवनमाथि पटकथा लेखिरहेका छन् ।
३२ वर्षको उमेरमा सन् १९७३ मा निधन भएका ब्रुस लीले फिल्ममा मार्सल आर्ट्सलाई स्थापित गरेका थिए । उनी अभिनित फिस्ट अफ फ्युरी, इन्टर द ड्रागन, द वे अफ ड्रागन चर्चित मार्सल आर्ट्स फिल्महरु हुन् । ब्रुस लीलाई पूर्व र पश्चिम संसारलाई जोड्ने सेलिब्रिटी पुलको रुपमा समेत लिन्छ । विश्वमा मार्सल आर्ट्स र एक्सन फिल्ममा क्रान्ति ल्याउन उनको भूमिका महत्वपूर्ण छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij