
०२ मंसिर, बाँपीझ्याला, काठमाडौं । भारतको पहिलो निजी कम्पनीको रकेट विक्रम एस आज लञ्च हुँदैछ। यो रकेटलाई हैदराबादको एक प्राइभेट स्टार्टअप कम्पनी स्काईरुटले निर्माण गरेको हो। जसलाई श्रीहरीकोटामा इसरोको लञ्चिङ केन्द्र सतीश धवन स्पेस सेन्टरबाट लञ्च गरिने बीबीसीले जनाएको छ।
यससँगै भारतको अन्तरिक्ष प्रविधिमा निजी रकेट कम्पनीको प्रवेशको सुरुआत हुनेछ। भारत अब ती देशहरुमा गनिनेछ, जो निजी कम्पनीका पनि ठूलो रकेट लञ्च गर्दै आएका छन्। यसलाई एक ठूलो उपलब्धी मानिएको छ।
के हो विक्रम एस?
इसरोका संस्थापक डा विक्रम साराभाईको सम्झनामा विक्रम एस नाम दिइएको हो। विक्रम सिरिजमा तीन प्रकारका रकेट लञ्च गरिने छ। जसलाई छोटो आकारका स्याटलाइट लैजाने गरी बनाइएको छ।
विक्रम–१ यस सिरिजको पहिलो रकेट हो। विक्रम–२ र ३ भने भारी वजनसहित पृथ्वीको तल्लो कक्षामा पुग्न सक्ने बताइएको छ। विक्रम एस तीन स्याटलाइटलाई पृथ्वीको तल्लो कक्षामा पुग्न सक्ने छ। यी तीनमध्ये एक विदेशी कम्पनीको हो भने दुई भारती कम्पनीका उपग्रह हुन्।
स्काईरुटले पहिले पनि मे २०२२ मा रकेट प्रक्षेपण सफल भइसकेको बताएको छ। कम्पनीले आफ्नो यो मिसनलाई प्रारम्भ राखेको छ। स्काइरुटको बयान अनुसार विक्रम एसको लञ्चिङ १२ देखि १७ नोभेम्बरका बीचमा हुनुपर्ने थियो। तर मौसम खराबीका कारण यसलाई शुक्रबारका लागि सारिएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij