बाँपीझ्याला, काठमाडौं । सामाजिक र हास्य कथावस्तुमा निर्माण भएको फिल्म ‘दुई नम्बरी’ले व्यवसायिक मुनाफा फिल्मसँग आबद्ध प्राविधिकलाई वितरण गर्ने भएको छ । प्रस्तुतकर्ता किरण नेपालीले फिल्मले पहिलो सप्ताहन्त लगानी उठाइसकेको र मुनाफाबापतको निश्चित रकम प्राविधिकलाई बाँड्ने जानकारी दिए ।
तर कति रकम वितरण हुन्छ भन्नेबारे उनले खुलाएनन् । ‘फिल्मको सफलतामा उहाँहरुको पनि हात छ । उहाँहरुको मिहिनेतको सम्मानका लागि मुनाफा बाँड्न लागेका हौं,’ नेपालीले भने ।
दीपेन्द्र लामा निर्देशित फिल्मको आधिकारिक कमाइलाई बिहीबार सार्वजनिक गर्ने तयारीमा निर्माता छन् । यद्यपि, विकडेजसम्मको अकुपेन्सी र शो संख्या हेर्दा फिल्मको कलेक्सन सुखद् हुने अपेक्षा छ । बुधबार पनि मुख्य मल्टिप्लेक्सहरुमा फिल्मको अकुपेन्सी ४० देखि ५० प्रतिशतको हाराहारीमा छ जुन निकै सकारात्मक हो । प्रस्तुतकर्ता नेपालीले फिल्मको कमाइलाई लिएर आफू उत्साहित रहेको बताए ।
दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेनको प्रमुख भूमिका रहेको फिल्मले दुई ‘एमेच्योर’ सिकारीको कथा भन्छ । सिकारमार्फत निर्देशकले मित्रता र नैतिकताको सन्देश दिने प्रयास गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij