३ असोज, बाँपीझ्याला, काठमाण्डौं । संविधान दिवस २०७९को उपलक्षमा नेपाल सरकारले प्रदान गर्दै आएको राष्ट्रिय पुरस्कारको विभिन्न विधामध्य शैक्षिक विधामा शिक्षाज्योति पदक २०७९ बाट दोलखाली सुपुत्र सूर्यकृष्ण श्रेष्ठ सम्मानितको लागि सिफारिसमा पर्नु भएको छ ।
शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएर विभिन्न सामाजिक सेवामा अग्रसर भै शैक्षिक स्तरलाई तीव्रगतिमा अगाडि बढाउन सूर्यकृष्ण श्रेष्ठको दोलखाको लागि ठूलो देन रहेको छ । सानै उमेरदेखि पढाइमा दत्तचित्त भएर लगनशीलताका साथ अध्ययन गरेर उच्च शिक्षामा समेत उत्तम परिणाम निकाल्न सक्षम एक शैक्षिक नक्षत्र सूर्यकृष्ण श्रेष्ठले दोलखामा मात्र नभएर नेपालका विभिन्न क्षेत्रमा बोर्डिङ स्कूलको स्थापना गर्न र व्यवस्थापन गर्न अथक परिश्रम गरेको कुरा सर्वविदितै छ ।
यस्तै सामाजिक कार्यक्रमलाई सदासर्वदा उच्च प्राथमिकताका साथ अग्रसर हुनुहुने हाम्रा दोलखाली सुपुत्रले आगामी दिनहरूमा पनि अझ उच्च मूल्यांकन सहितको मान्यताबाट सम्मानित सम्मानितको लागि सिफारिसमा पर्नु भएकोमा यस शुभ कार्यमा बाँपिझ्यालाको तर्फबाट फेरि एकपटक बधाई दिँदै हार्दिक शुभकामना व्यक्त गदैछौँ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij