Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

अमर बहादुर श्रेष्ठ : जेष्ठ नागरिक

अमर बहादुर श्रेष्ठ : जेष्ठ नागरिक

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ दुङल टोल निवासी स्वर्गिय मेहरमान श्रेष्ठ र स्वर्गिय गोरीलक्ष्मी श्रेष्ठको कान्छा छोरा अमर बहादुर श्रेष्ठको जन्म वि.सं. १९९२ माघ १५ गते भएको हो । साधारण लेखपढ भएका आदरणीय अमरबहादुर श्रेष्ठको पहिलो जागिर बबरमहलमा नेपाली सेनाबाट शुरु हुर्दै बबर शम्सेरको दरबारमा फष्ट राईफलमा कार्यरत हुनु भयो । यहाँ काम गर्दा गर्दै पद उन्नती नभएको रिसमा सेनाको जागीर छोडी काठमाण्डौं सिहंदरबारमा प्रहरीमा जागिर खानु भयो ।

जागिरको सिलसिलमा विराटनगरमा कार्यरत हुँदा मायादेवी श्रेष्ठ (पत्नी) संग भेटघाट भएपछी उतै बैबाहिक सम्वन्धमा गाँसिन्न पुगेको र जुन बेला आफु २२ बर्षे लक्का जवान भएको बताउनु हुन्छ । आयुष्मान एकछोरा हेमन श्रेष्ठ, एक छोरी जानकीमैयाँ श्रेष्ठ मानन्धर छन् जसको अन्तराल ५ बर्षको रहेको छ । यसरी जागिरको सिलसिलामा विराटनगर, काठमाण्डौं, लामाबगर लगायतका स्थानहरुमा आफ्नो कार्यक्षेत्र बनाएर काम गरेको अनुभव सुनाउनु हुन्छ ।

यसै गरी ३२ बर्ष प्रहरी सेवामा कार्यरत भई जागिर छोडेर हाल पेन्सनमा बसेको बताउनु हुन्छ । यसरी आफुले जागिर छोड्दा सव ईङ्लिसपेक्टरमा रहेको बताउनु हुन्छ ।

हाल वहाँ खेतीपाती, कुखुरापालन व्यवसायमा छोरा हेमन श्रेष्ठ र बुहारी रेणु श्रेष्ठको सहयोगमा आवद्ध भएर आउनु हुदाँ हुर्दै पछिल्लो समयमा भीमेश्वर नगरपालीका वडा नं. २ मानेमा नयाँ घर बनाएर बसोबास गर्दै आउनु भएको छ । ८७ बर्षको जेष्ठ नागरिक अमरबहादुर श्रेष्ठको धर्मपत्नी २०७६ अषाढ २६ गते स्वर्गारोहण भयो । यसको तितो अनुभव गर्दै दुःख व्यक्त गर्नु हुन्छ । अहिले छोरा हेमन श्रेष्ठ र बुहारी रेणु श्रेष्ठको साथमा बृद्ध जिवन विताएर आउनु भएको छ ।

यही बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा छोरी जानकी मैया श्रेष्ठ मानन्धरको श्रीमान् अर्थात जुवाई ईस्वरनारायण मानन्धर भीमेश्वर नगरपालीकाको नगर प्रमुख पदमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्नु हुन्छ । साथै यसै कार्यमा सहयोग र सद्भाव राख्नु हुने सम्पूर्ण नगरवासीलाई वहाँले हार्दिक धन्यवाद दिनुको साथै जुवाईको कार्यकाल सफलताको कामना गर्नु भएको छ ।

आफुले बृद्धजिवन आफ्नै जन्मथलो दोलखामा बिताउन पाउँदा खुसी व्यक्त गर्नु हुन्छ । यसै गरी भर्खर मात्रै जुवाई ईस्वरनारायण मानन्धर भीमेश्वर नगरपालीकाको मेयर पदमा निर्वाचित हुनु भएको छ । यसै सन्दर्भमा जुवाईको नेतृत्वमा प्राचिन शहरमा ऐतिहासिकता कायम हुने कार्य भएको हेर्ने वहाँको ईच्छा र चाहना रहेको बताउनु हुन्छ ।

समृद्ध भीमेश्वर नगरको जुन नाम उच्च छ त्यही नामलाई उर्जा गर्दै दोलखा जिल्लाको मुटुमा अवस्थित भीमेश्वर नगरको विकास गरी साच्चिकै समृद्ध भीमेश्वर नगर बनाउनको लागि विकासले क्रियाशिल पाओस् र वहाँले आफ्नो जुवाई मेयर मानन्धर लगायत नगरपालीको सम्पूर्ण टिमलाई सफलताको कामना गर्नु हुन्छ ।

साथै वहाँको यस कार्य अनलाईन मार्फत दाजुभाई, दिदीबहीनी तथा शुभचिन्तकहरुको माझमा पू¥याई दिएकोमा बाँपीझ्याला मिडिया परिवारलाई हार्दिक आभार व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार