नेपाल सम्वत् ११४६, कौलागाः ५, पञ्चमी (१३ कार्तिक २०८३, ३० अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला । नेपालको सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको प्रतिवेदनअनुसार मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ अर्थात् ५३.१३ प्रतिशत रहेको छ। त्यस्तै, आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड रुपैयाँ अर्थात् ४५.५९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै सरकारले १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ ऋण थपेको छ। यस अवधिमा १ खर्ब रुपैयाँ आन्तरिक र २३ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक ऋण परिचालन गरिएको छ। सरकारले चालु आवमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ।
सरकारले असोज मसान्तसम्म करिब ९९ अर्ब रुपैयाँ सार्वजनिक ऋण भुक्तानी गरेको छ। यसमध्ये आन्तरिक ऋणको साँवा र ब्याजबापत ८२ अर्ब ७४ करोड रुपैयाँ तथा वैदेशिक ऋणतर्फ १६ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको छ।
आन्तरिक ऋणतर्फ ६५ अर्ब १० करोड रुपैयाँ साँवा र १७ अर्ब ६३ करोड रुपैयाँ ब्याज भुक्तानी भएको छ। त्यस्तै, वैदेशिक ऋणतर्फ १२ अर्ब ६४ करोड रुपैयाँ साँवा र ३ अर्ब ४९ करोड रुपैयाँ ब्याज तिरिएको छ। सरकारले चालु आर्थिक वर्षमा कुल ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ ऋण भुक्तानी गर्ने लक्ष्य राखेको छ।
प्रतिवेदनअनुसार नेपालको कुल सार्वजनिक ऋण अर्थतन्त्रको आकारको ४५.५९ प्रतिशत पुगेको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा वैदेशिक ऋणको हिस्सा २४.२२ प्रतिशत र आन्तरिक ऋणको हिस्सा २१.३७ प्रतिशत रहेको छ।
सार्वजनिक ऋणको बढ्दो दायित्वसँगै सरकारले ऋण परिचालन र भुक्तानी व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने चुनौती देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij