Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलालाई र पत्रकारको सम्मान

दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलालाई र पत्रकारको सम्मान

बाँपीझ्याला, दोलखा । नेपाल मानव अधिकार सङ्गठन दोलखाले मानव अधिकार शिक्षा सम्बन्धि एक दिवसिय तालिम शनिवार सम्पन्न गरेको छ । सो अवसरमा पत्रकार गोकर्ण प्रसाद भण्डारी र नवराज शिवाकोटीलाई सम्मान समेत गरेको छ भने उमेर हदका कारण सोमवारबाट अनिवार्य अवकास पाउनु हुने दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलालाई सम्मान सहित विदाई समेत गरेको छ ।

नेपाल मानव अधिकार सङ्गठन दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकराज निरौला, नेपाल प्रेस काउन्सीलका सदस्य चिरञ्जीवी मास्के, नेपाल मानव अधिकार सङ्गठनका प्रा.डा. गोविन्द ढकाल, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, डम्बर चौलागाई र छविन्द्र चौलागाईले मन्तव्य व्यक्त गरेका थिए ।

मानव अधिकार शिक्षा सम्बन्धि तालिममा प्रा.डा. गोविन्द ढकाल र बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहजिकरण गरेका थिए । तालिममा जनपथ प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार