Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेपालको ख्याती प्राप्त बरिष्ठ कलाकार मदनदास श्रेष्ठ अभिनन्दित

नेपालको ख्याती प्राप्त बरिष्ठ कलाकार मदनदास श्रेष्ठ अभिनन्दित

बाँपीझ्याला, काठमाण्डौं । प्रथम राष्ट्रीय जेष्ठ नागरिक दिवसको अवसरमा नेपालका ख्याती प्राप्त बरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठज्यू लाई नेपाली जनताको तर्फबाट सम्मानिय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूद्वारा अभिनन्दित हुनु भएको छ ।

यस अवसरमा दोलखावासी र दोलखाको तर्फबाट स्थानिय संघ–संस्थाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ । यसरी शुभकामना व्यक्त गर्ने संघ–संस्थाहरुमा समकालिन एकता समाज नेपाल दोलखा–काठमाण्डौं, द्वाल्खा म्यासमुचा खलक लगायतका संस्थाहरु रहेका छन् ।

यसरी बरिष्ठ कलाकार अभिनन्दीत हुनु दोलखा र दोलखावासीको लागि मात्र गौरवको विषय नभएर सिङ्गो दोलखा जिल्ला अनी राष्ट्रको लागि गौरव हुने भएकोले यस कार्यमा हरेक क्षण सफलताको लागि प्रेरणा मिलोस् भनी हामी प्रार्थना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार