Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

बालाचतुर्दशी पवको अवसरमा पशुपतिनाथ, दोलखा भीमेश्वर लगायत देशभरका शक्तिपिठहरुमा शतबिज छर्ने भक्तजनहरु जाग्राम

बालाचतुर्दशी पवको अवसरमा पशुपतिनाथ, दोलखा भीमेश्वर लगायत देशभरका शक्तिपिठहरुमा शतबिज छर्ने भक्तजनहरु जाग्राम

बाँपीझ्याला, काठमाडौं । बालाचतुर्दशी पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार रातभर जाग्राम बसी बत्ति बाल्ने भक्तजनहरुको भिड लागको छ । यसै गरी दोलखा भीमेश्वर लगायत उपत्यका बाहिरका शक्तिपिठहरुमा जाग्राम बसी आफ्नो परिवारका सदस्यहरु दिवङ्गत भएका आत्माहरुको चिरशान्तीको कामना सहित दीप बालेर बस्नेहरूको भिड लागेको देखिएको छ ।

मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ ।

रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप उपत्यकामा बागमती र उपत्यका बाहिर नजिकको खोलामा लगेर सेलाउछ यसरी सेलाई सकेपछी काठमाण्डौंं उपत्यकामा पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ भने दोलखामा भीमेश्वर मन्दिर र यस आसपासका पिठहरुमा शतबिज छर्ने परम्परा रही आएको छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार