बाँपीझ्याला, काठमाण्डौं । त्रिभुवन विमानस्थल क्षेत्रबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मंगलबार उनीहरूलाई एकथान चितुवाको छलासहित पक्राउ गरेको हो।
विमानस्थल नजिकै रहेको एयरपोर्ट सेकुवा कर्नरबाट नुवाककोट शिवपुरी गाउँपालिका-२ स्थायी घर भएका विशाल तामाङ र विनोद तामाङ तथा राप्ती नगरपालिका-१ चितवनका कामी सिंह स्याङ्तनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
प्रहरीकाअनुसार उनीहरूको साथबाट २ फिट २ इन्च लम्बाइ र ७ इन्च चौडाइ भएको एक थान छाला बरामद गरिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यलय काठमाडौंमा बुझाइएको छ । अभियुक्तहरू काठमाडौंको गोकर्णश्वर-३ मा डेरा लिई अपराधिक कार्यमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij