बालकृष्ण श्रेष्ठ,
बाँपीझ्याला, दोलखा । गाईजात्राको बेलुका स्थानिय नेवारी भाषामा “ट्वाकल प्याखन” प्रद्र्धशन गर्ने चलन रहेको छ । यसै गरी आज पनी दोलखामा ट्वाकल प्याखन प्रद्र्धशन गरिएको छ । चार चार जनाको दुई जोडी युवा युवती अर्थात गोपिनी र कृष्णजीको भेषमा जाने परम्परा रहेको छ । यसै गरी एक चोटी उक्त नाटकमा भाग लिएपछी तिनबर्ष लगालग भाग लिनु पर्ने मान्यता रहेको छ ।
यस्तै गरी जो व्यक्ती पहिला पटक यस नाटकमा भाग लिने गर्दछ उस्ले किसली लिएर जानु पर्ने चलन नियम रहेको छ । भीमेश्वर नगरपालीका वडा नं. २ पिङ्गल टोलबाट रातको ९–१० बजे निस्केर शहर परिक्रमा गर्ने चलन रहेको छ । जुन जोडिको रुपमा केटा केटीको भेष धारण गरेर गएको हुन्छ । ति चारै जना केटाहरु ह्ुन्छ र दुई जना केटीको रुप धारण गरेको हुन्छ जसलाई गोपिनी भनीन्छ । र दुई जना केटाको रुप धारण गर्नेलाई कृष्णजी भन्ने गरेको मान्यता रहेको छ । यसको धार्मीक किम्वदन्ती के छ त यसबारे जानकारी लिई थाहा पाई राखौं ।
द्वापर युगका नायक भगवान नायक श्रीकृ्ष्णले १६०० गोपिनीहरु संग रसरंग गरेको रासलीला अन्तर्गतको एक अंश हो यो नृत्य । कृष्ण चरित्रको एक अध्यायमा वर्णन गरिए अनुसार, श्रीकृष्ण अनेकौ विद्यामा पारंगत र ज्ञान भएको बुद्धिमान र साहसी देवको रुपमा चिनिन्छ । बाल्यकाल देखि नै अत्यन्तै चतुर बाठो भएकै कारणले अन्य देव देवी र राक्षसी गणलाई समेत उनको चर्तिकला बुझ्न कठिन थियो ।
यसमा पनि गोठालो साथीहरु र गोपिनीहरुलाई अनेक तरहले झुक्याउने जिस्काउने गर्दा सबैलाई दिक्क पनि लागेको थियो, गोपिनीहरुले श्रीकृ्ष्णको बदमाशी र छलकपटको बारेमा आमा यशोदालाई गुनासो गर्दा पनि केही नलागेकोले एकदिन रुक्मिणीले गोकुलका सम्पूर्ण गोपिनी साथीहरुलाई एकत्रित पारेर श्रीकृष्णलाई सजग बनाउने र सजायँ दिने हिसाबले मधुबनमा बोलाएर अब देखि कसैलाई नजिस्काउनु नत्र हामी १६०० गोपिनी मिलेर सजायँ दिन्छौं भनेर घेरा हालेपछि मनोतान्त्रिक विद्या भएको श्रीकृष्णले “ तिमीहरु कतिजना कृष्णलाई सजायँ दिलाउन सक्छौ र ?
“ भनेर भन्दा रुक्मिणीले अचम्म मानेर श्रीकृ्ष्णलाई घेरेर आफ्नो समुहको हरेकको हातमा लट्ठी थमाएर साथीहरुलाई आदेश दिईन् कि हाम्रो कृष्ण फुत्केर भाग्न नसकुन् भनेर लट्ठी तेर्साउँदै दायाँबायाँ हेर्दा जता हेरेपनि कृष्ण नै कृष्ण देखिन थाले, रुक्मिणी लगायत सबै गोपिनीहरुले हातको लौरोले पिट्न खोज्दा हरेक कृष्णले ती लौरालाई बाँसुरीले छेकेर आफ्नो शरीरलाई छुन समेत दिएनन् । यसपछि गोपिनीहरु हार मानेर कृष्णकै इसारामा नाच्न थाले । यसैलाई आधार मानेर यो नृत्य संचालन गरेको हुनुपर्छ भन्ने कथन छ ।
दोलखामा आज बेलुकी पख यो रासलीला रुपी नृत्य देखाईन्छ । यसमा प्रत्येक चार या आठ जनाको समुह मिलेको हुन्छ जसमा महिला पुरुष बराबर हुन्छ । उनीहरु बाजाको तालमा पूर्व र दक्षिण गरेर पालैपालो नाच्दै लट्ठी जुधाउने गर्छन् । यसरी लट्ठी जुधाउँदा ’ ट्वाक ट्वाक’ आवाज आउँछ । त्यसैले दोलखा र तौथलीको स्थानीय भाषामा यो नृत्यरुपी जात्रलाई ’ ट्वाकल प्याखन’ भनिएक हुनुपर्छ । नाम र काम एउटै भएपनि दोलखा, तौथल र भक्तपुरमा समय र तरिकामा भिन्नता छ ।
यस ट्वाकल प्याखनको भिडियो सम्प्रेशनको लागि यमुना प्रधान दोलखाले सहयोग गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij