अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला ट्राफिक प्रहरी कार्यालय चरिकोटले गएको साउन महिनामा ट्राफिक नियम उलंघन गर्ने ४ सय सावरी साधन कारबाहिबाट ३ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
यस मध्ये सबैभन्दा बढि १ सय ३१ वटा मोटरसाइकल कारबाहिबाट १ लाख ३२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक भानुभक्त नेपालले जानकारी दिनुभयो ।
यस्तै ट्राफिक नियमा उलंघन गर्ने ८७ वटा ट्रक कारबाहिबाट ७५ हजार ५ सय रुपैयाँ, ९९ सय वटा बस कारबाहिबाट ८७ हजार ५ सय रुपैयाँ र ८३ वटा कार, जिप कारबाहिबाट ६५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक नेपालले जानकारी दिनुभयो ।
कोरोना भाइरस कोभिड १९ का कारण जिल्लामा हाल निषेधाज्ञा जारी रहेकाले सवारी साधनहरु चल्नुपर्ने जति नचल्दा गत वर्षको साउन महिनाको तुलनामा यस वर्ष साउन महिनमा राजस्व संकलनमा कमि आएको दोलखाका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक नेपालले बताउनुभयो ।
जस मध्ये आर्थिक वर्षको साउन महिनामा २ सय ९६ ठुला तथा साना सवारी साधन कारबाहिबाट ३ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो जसमा सबैभन्दा बढि ८४ वटा कार, जिप कारबाहिमा परेका थिए भने उक्त काबाहिबाट बाट ९२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
त्यसैगरी ७३ वटा ट्रक कारबाहिबाट ६८ हजार ५ सय रुपैयाँ, ४४ वटा बस कारबाहिबाट ५८ हजार रुपैयाँ, ८५ वटा कार, जिप, भ्यानबाट ९२ हजार रुपैयाँ २८ वटा ट्याक्टर कारबाहिबाट २४ हजार ५ सय रुपैयाँ र ६७ वटा मोटरसाइकल कारबाहिबाट ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
जिल्लामा निषेधाज्ञा जारी रहेकाले विशेषगरि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने, सिट संख्या भन्दा बढि यात्रु राख्ने, हेल्मेट नलगाउने, ब्लुबुक, सवारी इजाजत पत्र नबोक्ने लगायत ट्राफिक नियम उलंघन गर्नेलाई कारबाहि गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij