Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले स्वास्थ्य सेवामा अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित हुर्दै

चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले स्वास्थ्य सेवामा अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित हुर्दै

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले स्वास्थ्य सेवामा अन्तराष्ट्रिय अवार्ड Asia's Healthcare & Social Care Support Award for the Year 2020/2021 बाट सम्मानित हुने भएको छ । चरिकोट अस्पतालका प्रमुख एंव एमडिजिपि डाक्टर विनोद दंगालले एसियाकै सबैभन्दा उत्कृष्ठ अवार्ड प्राप्त गर्दै हुनु हुन्छ ।

चरिकोट अस्पतालका डाक्टर दंगालले लामो समयदेखि चरिकोट अस्पतालमा गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गर्दै आई रहनुभएको छ, यसै गरी कोरोना संक्रमणको समयमा पनी केही कतै विचली नभई योगदान पु¥याएको भन्दै एसिया अवार्डस संस्थाले उक्त स्वास्थ्य सेवा र सामाजिक सेवातर्फको अन्तराष्ट्रिय अर्वाडका लागि चरिकोट अस्पतालका प्रमुख डाक्टर दङगाललाई छनोट गरेको हो ।

डाक्टर दंगालले प्राप्त गर्नुभएको अवार्ड आउँदो अक्टोबर २४ का दिन भारतमा एक कार्यक्रमका बिच प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार