अजय प्रधान,
बाँपीझ्याला, दोलखा । आज भीमाएकादशी पर्वको शुभअवसरमा दोलखा श्री भीमेश्वरमा बिशेष संगितमय आरती शुभारम्भ भएको छ । उक्त आरतीको शुभारम्भ प्रमुख जिल्ला अधिकारी श्री रमेश प्रसाद शिवाकोटी ज्यूले गर्नु भएको थियो । उक्त बिशेष संगितमय आरतीको सम्पूर्ण ब्यवस्थापन गर्नुहुने दोलखा दर्शन होटेलका प्रो. गम्भिर श्रेष्ठलाई धन्यवाद ज्ञापन गरिएको जानकारी भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।
यसै गरी अब देखि बिशेष संगितमय आरतीपूजा प्रत्येक हप्ताको सोमवार र शुक्रवार बेलुका ६ बजे हुन जानकारी समेत बताउनु भयो ।
यस सम्वन्धमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले दोलखा भीमेश्वर दोलखा जिल्लाको मात्र नभएर विश्वको सूचनको रुपमा रहेको साक्षात भगवान भीमेश्वरमा अवदेखि हप्तामा दुईपटक बेलुका ६ बजे आरती हुने जानकारी गराउनु हुर्दै यस कार्यको लागि सहयोग र सद्भाव राख्नु भई आरतीको बेला दर्शनको लागि उपस्थित भई मनको आकांक्षा पुरा गर्न आउनु हुन समेत स्थानिय वासिन्दा सहित भक्तजनहरुमा अनुरोध गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij