उपेन्द्र प्रधान
लिच्छवी अनी मल्लकालिन ईतिहास बोकेको नेपाल यसको आफ्नै विशेषता अनी महत्व रहेको छ । जुन देश चीनको सिमाना तिब्बत र भारत संग जोडिएको छ । आफ्नै छुट्टै पहिचान र मौलिक ऐतिहासिकता रहेको नेपाल विश्वको ठु–ठुला धनी अनी सम्पन्न देशहरुको बिचमा छुट्टै पहिचान दिन सफल रहेको छ । यस्को मुल कारण यस भित्र रहेका नेपाली धर्म संस्कृती, जातजाती, भाषाभाषी, भेषभुषा र संस्कार रहेको छ । यसै गरी विश्वको कुनै पनि देश भित्र नरहेको प्राकृतिक रमणिय सुन्दरताले सझिएका विश्वकै सवभन्दा अग्लो भनी नाम कहलाएका अग्लो चुचुरो सगरमाथा हिमाल लगायत विभिन्न अग्ला अग्ला पहाड, ताल तलाउहरुले अझ थप महत्व बोकेको छ । जातजातीको हिसावले तुलना गर्ने हो भने यहाँ नेवाः, राई, लिम्बु, गुरुङ, मगर, तमाङ, थारु, शेर्पा, बाह्मण, क्षेत्री आदी जातीको बसोबास रहेपनि धर्म र संस्कृतिको हिसावले हेर्ने हो भने नेपालको मुल परिचय अर्थात पहिचान नै नेवारी धर्म संस्कृती, परम्परा, चाडपर्व, संस्कार, चैत्य देगल, मठ–मन्दिरले दिएको छ । यसमा हामी कसैको दुईमत नहोला ? तसर्थ यहाँ मैले जाने र बुझे जतिको शब्दहरु समावेश गरी वास्तवमा नेपालको पहिचान कस्ले दिएको छ ? यस्को संरक्षणको लागि कसले पहल गर्नु पर्छ र यसको लागि विधि के हुन सक्छ भन्ने बारेमा विश्लेषण गर्न खोजको छु यसको वास्तविकता खोज्न र छुट्याउन तपाई हामी सवैको जिम्मेवार रहेको छ ।
पहिचान भनेको के हो त ?
पहिचान अर्थात परिचय भनेको कुनै पनि सजिव निर्जिव, व्यक्ति बस्तुलाई चिनाउने माध्यम हो । यदी यो पहिचान नहुने हो भने सायद यो विश्वनै अड्किन्ने थिएन होला । सियो देखि लिएर हात्तिसम्मको आ–आफ्नै छुट्टै महत्व अनी पहिचान हुन्छ यदी यो पहिचान नहुने हो भने सियोलाई हात्ति भने पनि हुन्थ्यो हात्तीलाई सियो भनेर भने पनि हुने थियो । तसर्थ पहिचान भन्ने शब्द हरेक सजिव र निर्जिव लाई अतिनै महत्व रहेको छ । जव कुनै पनि व्यक्ति, चिज, स्थानको पहिचान नष्ट भएर जान्छ त्यसको महत्व अनी मुल्य आफैमा पनि नष्ट भएर जान्छ ।

हामी मानव जिवनको पहिचानको कुरा गरौ जव हामी यस धर्तीमा जन्म लिन्छौ त्यसपछि हाम्रो नामाकरण न्वारानको बेला शुरु हुन्छ यसै गरी जव स्कुल जाने बेला हुन्छ त्यसमा अर्को नामाकरण दिएको हुन्छ । यो एउटा कुनै व्यक्ति फलाना भनी दिएको पहिचान अर्थात परिचय हो । यसै गरी जव हामी १६ बर्ष पुगेको हुन्छौै त्यती बेला राज्यले हामीलाइ नागरिकता दिन्छ त्यो एउटा राष्ट्र भित्रको पहिचान हो त्यसै गरी कुनै देशको यात्राको लागि हामीले पासपोर्ट लिन्छौं त्यसले यो नेपाली नागरिक भनेर विदेशमा नेपालको हो भनेर पहिचान दिन्छ । यसै गरी स्कुल अध्ययन गरी सके पनि क्रमशः एस.एल.सि, सर्टिफिकेट, दश प्लस दुई जोड, स्नातक, स्नात्तकोतर, पि.एच.डि सम्मको अध्ययन पुरा गछौं र तह अनुसारको प्रमाणका पत्रहरु प्राप्त गछौं यो अर्को पहिचान अर्थात परिचय भित्रको दोश्रो श्रेणी हो यसै गरी कुनै स्थानमा जागिर खान जान्छौ यति बेला फलाना व्यक्ति फलाना पदमा नियुक्ती भनेर नियुक्ती हामीले पाउँछौं यो अर्को तेश्रो पहिचान हो ।

यसरी मानविय जिवनमा कम्तीमा पनि तिन किसिमको परिचय हुन्छ त्यसले गर्दा मानविय जिवनमा यी ति चरणको परिचय पनि त्यतीकै महत्व छ नकी कुनै एक मात्र । यसै गरी हामीले आफ्नो नाम, योग्यता र कामबाट जसरी पहिचान पाउँछौ त्यसै गरी हामीले बैंकमा खाता खोल्छौं र बैंकले हाम्रो नाउँमा खाता खोली चेकबुक र पासबुक दिने गरिन्थ्यो तर आजकाल एटियम पनि दिने गरिन्छ त्यसबाट पनि पैसा निकाल्न सक्ने प्रावधान छ, यसरी एटिएम दिदा त्यो संगै एउटा पासओर्ड दिन्छ यो पास ओर्डको काम पैसा निकाल्ने बेलामा परिचय स्वरुप माग्ने गरिन्छ । यो हो पहिचान त्यसैले पहिचान भन्ने वितिकै राजनितीक हिसावले हेर्नु हुदैन यो एउटा कुनै पनि व्यक्ति, प्राणी र चिजको आफ्नो अस्थित्व संग जोडेको कारणले गर्दा यो अत्यन्तै महत्वपूर्ण छ त्यसैले यसलाई हामी सवैले बुझ्न जरुरी छ ।

नेपालको पहिचान मौलिक भाषा, नेवाः धर्म संस्कृती, परम्परा, मठ–मन्दिर र सम्पदाहरुले दिएको छ । नेपाल पर्यटकिय अनी धार्मीक स्थलको रुपले देश भित्र र देश बाहिर अर्थात विश्वमा प्रख्यात रहेको छ । यसै गरी विश्वको कुनै पनि देशबाट नेपाल आउँने पर्यटनहरुले यहाँका धर्म संस्कृती, परम्परा, रहन सहन, पुराना दरबारहरु, मठ–मन्दिरहरु, चाडपर्वहरु, जात्राहरु हेर्न उत्सुकता देखाउछन यो सवै नेपाल भित्र छ । तर यो सवै नेवाः धर्म संस्कृती भित्र बहुसंख्यक रुपमा रहेको पाउँछौं । यसको मतलव फेरी अरु कुनै पनि जात जातीको धर्म संस्कृतीहरु छैनन् भन्न खोजिएको अर्थमा होईन यती मात्र की अरु जात जातीले मान्ने भन्दा नेवाः धर्म संस्कृती, परम्परा, संस्कार बढी छ भन्न मात्र खोजिएको छ । जव पर्यटकहरु नेपाल भित्र आउँछन उनीहरुको प्लान नै के हुन्छ भने पहिले गएर ठमेलमा बस्ने त्यसपछि भोली पल्ट नगरकोट जाने, भक्तपुर दरबार स्क्वायर, ५५ झ्याले दरबार जाने लगायत अन्य स्थान, त्यसपछि पाटन जाने कृष्णमन्दिर लगायत अन्य स्थान, त्यसै गरी काठमाण्डौं हनुमानढोका जाने यसपछि उपत्यकापछिको जिल्लाहरु गोरखा, नुवाकोट, दोलखा, सोलुखुम्बु जाने गरी आउछन् यसै गरी पर्यटकिय नगरी पोखरा, पाल्पा र जिरी यीनीहरुको प्लान भित्र रहेको पाउँछौं ।

गोरखा किन जान्छन भन्दा यहाँ गोरखा दरबार लगायत अन्य ठाउँ हेर्न, यसै गरी नुवाकोट, नुवाकोट दरबार लगायत अन्य ठाउँ हेर्न, यसै गरी दोलखा, दोलखा भीमेश्वर, कालिञ्चोक भगवती लगायत, च्छोरोल्पा हिमताल, गौरीशंकर हिमालको अवलोकन तथा जिरी घुम्न जान्छन् । यसै गरी सोलुखुम्बु जिल्ला नाम्चे बजार घुम्न र सगरमाथा आरोहण गर्न जान्छन् । यसै गरी पर्यटकिय नगरी पोखरा फेवाताल, बेगनास ताल अवलोकन र शयर गर्न जान्छन भने अन्नपूर्ण हिमाल आरोहण गर्न जान्छन् । यसरी किन नेपालको ७५ जिल्ला मध्ये केहि जिल्लाको केहि स्थानमा मात्र जान्छन त ? यो सवै एउटा पहिचानको कारणले यस्तो भएको हो किन भने यी स्थानहरुको बारेमा हरेक पत्र पत्रिका, वेभसाईडहरुमा विश्लेषण र वर्णन गरिएको हुन्छ र त्यहि अध्ययन गरी उनीहरु नेपाल आउने गरेका हुन्छन् ।

सरक्षण कस्ले गर्ने त ?
राष्ट्रको पहिचान कुनै पनि जात जाती विशेषको प्राकृतिक, कृतिम बस्तुहरुले दिन्छ भने त्यसको मर्मत सम्भार अनी संरक्षण गर्ने दायित्व र जिम्मेवारी पहिले सरकारले गर्नु पर्ने हुन्छ त्यसपछि त्यहाका स्थानिय बसोवास गर्ने जाती अर्थात वासिन्दाहरुको दायित्व र जिम्मेवारी भित्र पर्न आउँछ । यसै गरी नेपाल राज्य भित्र रहेका विभिन्न मठ–मन्दिर, देव देवालय, चैत्यहरु विग्रेर जिर्ण अवस्थामा पुगी सकेको छ । यसलाई प्रदर्शन गरी बाह्य अनी आन्तरीक पर्यटनहरुबाट वर्षेनी सरकारले करोडौंं रकम असुल्न गर्न समेत सफल भएको छ यसको जलन्त उदाहरण, काठमाण्डौंको हनुमान ढोका परिसर, भक्तपुरको दरबार स्क्वायर, ५५ झ्याले दरबार, पाटनको कृष्ण मन्दिर लगायत अन्य मठ–मन्दिरहरु, गोरखाको दरबार, नुवाकोटको दरबार, दोलखाको भीमेश्वर मन्दिर, अनी यस भित्र रहेका मठ–मन्दिर, देव देवालय र चैत्यहरु आदी रहेको छ । यसको संरक्षण गर्नु आजको मुल आवश्यकता रहेको छ । यस्को लागि चासो कस्ले राख्ने त ? बजेट कस्ले छुट्याउला त ? संरक्षण कस्ले गर्ला त ? यो एउटा महत्वपूर्ण प्रश्न तपाई हाम्रो सामू तेर्सिएको छ । तसर्थ यसको समाधान र संरक्षणको लागि स्थानिय सरकारले ध्यान पू¥याउनु आजको आवश्यकता रहेको छ भने यसको लागि चासो स्थानिय जात जाती, वासिन्दाहरुले लिनु पर्ने हुन्छ ।

होईन भने प्रयोग गर्ने बेलामा नेपालको पहिचान र परिचय भन्ने अनी संरक्षण गर्ने बेलामा कानमा तेल हालेर बसे कसरी संरक्षण हुन्छ ? नेपाल राज्य भित्र रहेका अधिकाशं मठ–मन्दिर, देव देवालय, चैत्य, सम्पदा र दरबारहरु लिच्छवी अनी मल्लकालीन रहेको छ । त्यति वेलाका राजाहरुले आफु अनी आफ्नो प्रजाहरुको मनोरञ्जनको लागि बर्षदिनको चाडपर्व मनाउन, रहन सहन अनी संस्कारको विकास गरेको पाईन्छ जुन अहिले नेपालको लागि आफ्नो पहिचान एवं परिचय सावित भएको छ । तर यहाँका वर्तमान सरकार संचालन गर्ने शासकहरुले त्यसको संरक्षण गर्नु भन्दा पनि विर्गार्ने तिर लागि परेको देखिन्छ यो एउटा दुःखको विषय भएको छ । यसै गरी नेवारी सस्कारको खाना, खाजा र भोज भतियारले एउटा ईतिहासलाई थेगेको छ । यो एउटा ईतिहासलाई मायाँ गर्ने जनताहरुको लागि अनी विशेष गरी नेवाः जातीको लागि खुसीको विषय बनेको छ । नेपालको कुनै पनि जिल्लामा हेर्नुस त्यहाको चाडपर्व, धर्म संस्कृती, परम्परा, रहन सहन, संस्कार, जात्रामात्रा सवै नेवाः जाती सग जोडिएकोछ । तसर्थ नेवाः जातीहरुले यस्को संरक्षणको लागि हरेक क्षेत्रबाट सहयोग गरेको देखिन्छ । फलस्वरुप नेपाललाई हामी संस्कृतिको धनी राष्ट्र हौ भनी आज विश्वको सामू शिर उठाउन सजिलो बनाई दिएको छ । त्यसैले यस्को सरक्षण गर्ने दायित्व अनी जिम्मेवारी नेवाः जाती र समूदायहरुको मात्र नभएर यसको जर्गेना र संरक्षणको जिम्मेवारी स्थानिय सरकार अनी नेपाल राष्ट्र लिनु पर्ने हुन्छ ।

बैशाख देखि चैत्रसम्मको महिना अर्थात बाह् महिनालाई हेर्नुस कुनै पनि महिनामा कुनै पनि चाडपर्व जोडिएको अर्थात गाँसिएर आएको पाउँछौं । बैशाखमा काठमाण्डौं, ललितपुर र अभयपुर दोलखामा मच्छिन्द्रनाथको रथ तानिन्छ । काठमाण्डौंमा सेतो मच्छिन्द्रनाथको रथ तानिन्छ भने ललितपुर, दोलखामा रातो मच्छिन्द्रनाथको रथ तान्ने गरिन्छ । यसै गरी भक्तपुरमा विस्केट जात्रा मनाईन्छ जुन जात्रालाई जिवो छेड्ने नामले प्रख्यात रहेको पाईन्छ । त्यस्तै श्रावण, भाद्रमा लाखे जात्रा निकाल्ने परम्परा रहेको छ । जुन उपत्यकाका तिन शहर र दोलखामा निकालिन्छ भने भाद्रमा गाईजात्रा, जनैपूर्णीमा मनाईन्छ जुन बेला आफ्ना परिवारको कुनै पनि सदस्यको स्वर्गारोहण भएको छ भने त्यसको आत्माको चिरशान्तीको लागि कामना स्वरुप जोगी र गाईको वेस धारण गर्न लगाएर पठाईने चलन छ । यसै गरी गाईजात्राको भोलीपल्ट देखि दोलखामा भैरब कुमारी जात्रा निकाल्ने प्रचलन रहेको छ । जुन जात्रा नेपालको कुनै पनि स्थानमा निकालिएको पाईन्दैन ।

ईन्द्रजात्राको बेलामा काठमाण्डौंमा निकालिने जिउँदो कुमारीको जात्रा र दोलखाको यो भैरब कुमारीको जात्रामा केहि भिन्नता रहेको छ । यसै गरी नेपालीहरुको महान चाड दशै, दिपावली, भाई टिका, देउचमारी पुनिस – यमरी पुनी माघेसंक्रान्ती चाडपर्वहरु मनाईने गरेको पाईन्छ । जुन चाड विशेष गरी नेवारी संस्कार भित्रकै चाडपर्वहरु पर्दछन् । यी विभिन्न एथेष्ठ तथ्य अनी सत्यले गर्दा नेवाः संस्कृती र परम्पराले नै नेपालको पहिचानताले विश्व सामू परिचय दिन सफल भएको छ । यस्को लागि सहयोग यस भित्र रहेका नेवाः धर्म संस्कृति, चाडपर्व, जात्रामात्रा, भाषा, संस्कृती र परम्पराले गरेको छ तसर्थ यस्को संरक्षण गर्नु हामी सम्पूर्ण जिम्मेवार नेपालीहरुको दायित्व र जिम्मेवारी भित्र पर्दछ ।

तपाई हाम्रो जिम्मेवारी के हो त ?
नेपाल राज्य भित्र वसोवास गर्ने कुनै पनि जिल्लाको कुनै पनि जाती अर्थात वासिन्दाहरुले आफु बसोवासमा रहेको स्थान र स्थान भित्र रहेका ऐतिहासिक, धार्मीक, भाषिक, साँस्कृतीक धरोहरहरुको मर्मत, सम्भार र संरक्षण गर्नु पर्ने मुल दायित्व अनी जिम्मेवारी आजको आवश्यकता भईसकेको छ । तसर्थ यस अभियानमा हामी सवैको सहभागीताको जरुरी भएको छ । पहिले कुनै पनि व्यक्तिले आफु र आफ्नो परिवारको रेखदेख गरेको हुन्छ भने त्यसपछि परिवार अनी परिवारको सदस्य, त्यसपछि नातागोता, छरछिमेकी, टोलका स्थानीयवासीन्दाहरु पर्दछ । त्यसपछि गाउँटोल, शहर हुदै देश, यसरी गाउँटोल, शहर हुदै देश हेर्ने जिम्मेवारी हामी कुनै पनि सचेत नागरिकहरुको जिम्मेवारी र दायित्व भित्र पर्दछ ।

यसरी आ–आफ्नो दायित्व र जिम्मेवारीबाट हामी कहिले पछि नहटेको खण्डमा यी सव कुराहरु पुरा हुन कुनै समय लाग्दैन नकी अल्छी गरेमा कुनै पनि काम हुन सक्दैन । यसैले हामीले आ–आफ्नो गाउँ शहर भित्रको ऐतिहासिक, धार्मीक, भाषीक र साँस्कृतिक महत्वको विभिन्न धरोहरहरुको संरक्षण गर्नु पर्छ भनेर भाषणमा मात्र सिमित गरी गौरबमात्र गर्ने तर संरक्षणको लागि कुनै पहल नगर्ने हो भने भोलीको दिनमा यस्को औचित्य समाप्त हुन सक्छ । फलस्वरुप विशेषतः नेवाः भाषा, संस्कृति, परम्परा र संस्कार झल्काउने जतिपनि मठ–मन्दिर, देव देवालय र चैत्यहरु छन् त्यसले नेपाल अनी नेपालीहरुको शिर ठाडो पार्न सहयोग गर्नुका साथै इज्जत दिएको छ तसर्थ विना संकुचन हामीले यसको सहि सदुपयोग र संरक्षण गर्नु नै हामी सवैको इज्जत अनी गौरबको विषय हुन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij