Nov 02 2026 | २०८३, कार्तिक १६, गते

Nov 02 2026 | २०८३, कार्तिक १६, गते

स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै इलाममा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ।

गत बिहीबारदेखि इलामको नारायण मन्दिरमा अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको हो।

इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो।

सरकारले आफूले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै डा. केसीले अनशन सुरु गरेका थिए। चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधार, सर्वसाधारणको स्वास्थ्य सेवामा सहज पहुँच र विगतमा भएका सहमति कार्यान्वयनलगायतका माग राख्दै उनी अनशनमा बसेका हुन्।

डा. केसीका अनुसार यो उनको २५औँ सत्याग्रह हो। चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका उनले यसअघि पनि विभिन्न चरणमा अनशन र सत्याग्रह गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार