नेपाल सम्वत् ११४६, कौलागाः १, प्रतिपदा (१० कार्तिक २०८३, २७ अक्टोबार, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिका–४, वञ्चरेस्थित महादेव कृषि तथा पशुपन्छी पालन समूहले लगाएको स्टोमेस्टीक जातको काउली बालीको अवलोकन गरी कृषकलाई आवश्यक प्राविधिक परामर्श प्रदान गरिएको छ।
ग्रामीण विकास टुकी संघ, चरिकोट, दोलखाका वरिष्ठ कृषि प्राविधिक कर्मचारी केदार खत्रीले समूहले लगाएको काउली बालीको स्थलगत अवलोकन गर्दै खेतीको अवस्था, बाली व्यवस्थापन र उत्पादन वृद्धि गर्ने उपायबारे कृषकलाई परामर्श दिनुभएको हो।
अवलोकनका क्रममा काउली बालीको उचित स्याहारसम्भार, सन्तुलित मलखादको प्रयोग, आवश्यकताअनुसार सिँचाइ व्यवस्थापन, झारपात नियन्त्रण तथा रोग र कीराको समयमै पहिचान र व्यवस्थापन गर्नुपर्ने विषयमा सुझाव दिइएको थियो। साथै, कृषि प्राविधिकको सल्लाहअनुसार खेती व्यवस्थापन गरी उत्पादनको गुणस्तर कायम राख्न र सम्भावित क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको थियो।
तरकारी खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउँदै कृषकको आयआर्जन वृद्धि गर्न नियमित बाली अवलोकन तथा प्राविधिक परामर्श महत्त्वपूर्ण मानिन्छ। यसले कृषकलाई खेतीका क्रममा देखिने समस्या पहिचान गर्न, उपयुक्त समाधान अपनाउन र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न सहयोग पुर्याउँछ।
स्रोतः बरिष्ठ कृषि प्राविधिक केदार खत्री
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij