Oct 07 2026 | २०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

कांग्रेस महाधिवेशन : केन्द्रीय पदका उम्मेदवारको प्रथम नामावली सार्वजनिक

कांग्रेस महाधिवेशन : केन्द्रीय पदका उम्मेदवारको प्रथम नामावली सार्वजनिक

नेपाल सम्वत् ११४६, यंलागाः ११, नवमी (२१ असोज २०८३, ७ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको हो।

सार्वजनिक नामावलीअनुसार सभापति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। सभापतिमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी, वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा वरिष्ठ उपसभापतिका लागि शर्माको एकल उम्मेदवारी कायम रहेको उल्लेख छ।

निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भए आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

दाबी–विरोध तथा आपत्तिसम्बन्धी प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भइसकेपछि अब दाबी–विरोधको प्रक्रिया पूरा गरी निर्वाचन समितिले अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार