Oct 04 2026 | २०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

बणारसी सहयोगी हातहरूको १३औँ वार्षिक साधारणसभा सम्पन्न

बणारसी सहयोगी हातहरूको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल सम्वत् ११४६, यंलागाः ७, सप्तमी (१७ असोज २०८३, ३ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला ।  बणारसी सहयोगी हातहरूको १३औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाको वार्षिक गतिविधिको समीक्षा, आगामी कार्ययोजना निर्माण तथा संस्थागत विषयमा आवश्यक छलफल गर्दै साधारणसभा सम्पन्न भएको हो।

साधारणसभामा संस्थाका साधारण सदस्य, कार्यसमिति पदाधिकारी तथा सम्बन्धित सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सभामा संस्थाले हालसम्म सञ्चालन गरेका विभिन्न सामाजिक तथा सहयोगमूलक गतिविधिको समीक्षा गर्दै आगामी दिनमा संस्थाका कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषयमा छलफल गरिएको थियो।

त्यसैगरी, संस्थाको उद्देश्यअनुसार सामाजिक क्षेत्रमा सहयोग तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिने, आवश्यकताका आधारमा कार्यक्रम विस्तार गर्ने तथा सदस्यहरूबीचको आपसी सहकार्य र एकतालाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

साधारणसभाले संस्थाको आगामी कार्यदिशा तय गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन हुने गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाका पदाधिकारी तथा सदस्यहरूले आगामी दिनमा संस्थाको उद्देश्य प्राप्तिका लागि सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।

१३औँ वार्षिक साधारणसभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण साधारण सदस्य, कार्यसमिति पदाधिकारी, शुभेच्छुक तथा सहयोगीहरूप्रति संस्थाका उपाध्यक्ष बाबा राजा श्रेष्ठले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको छ।

उपाध्यक्ष श्रेष्ठले संस्थाका गतिविधिमा निरन्तर साथ, सहयोग र सहभागिता प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाको उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउन सबैको सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ।

उहाँले संस्थाको विगतको उपलब्धिबाट थप प्रेरणा लिँदै आगामी दिनमा सामाजिक सेवा तथा सहयोगका कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार