नेपाल सम्वत् ११४६, यंलागाः ७, सप्तमी (१७ असोज २०८३, ३ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकाले नगरपालिकाअन्तर्गतका विद्यालयमा प्रधानाध्यापक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भएको छ। नगरपालिकाले शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
नगरपालिकाले विज्ञापन नं. ०२/०८३/०८४ मार्फत सूचना प्रकाशित गर्दै सम्बन्धित तहका स्थायी शिक्षकहरूबाट दरखास्त मागेको छ। सूचना २०८३ असोज १६ गते प्रकाशित गरिएको हो।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ असोज ३० गतेसम्म आवश्यक प्रमाणित कागजातसहित सम्बन्धित विद्यालयको व्यवस्थापन समितिसमक्ष दरखास्त पेस गर्नुपर्नेछ। म्याद नाघी आएका वा रीत नपुगेका दरखास्तमाथि कुनै कारबाही नहुने नगरपालिकाले जनाएको छ।
प्रधानाध्यापक छनोटका लागि शिक्षा नियमावलीको अनुसूची–१३ बमोजिम मूल्याङ्कनका आधार प्रयोग गरिनेछ। ६० अंकभन्दा माथि सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई शिक्षक छनोट समितिले मूल्याङ्कन गरी विद्यालय व्यवस्थापन समितिमा सिफारिस गर्ने व्यवस्था गरिएको छ।
त्यसपछि विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा नगरपालिकाले कार्यसम्पादन करार गर्ने र प्रधानाध्यापक नियुक्त गर्नेछ। नियुक्त हुने प्रधानाध्यापकको पदावधि करार सम्झौता भएको मितिदेखि ४ वर्ष रहने सूचनामा उल्लेख छ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक छनोट समितिले तोकिएको प्रक्रिया पूरा गरी २०८३ मंसिर मसान्तभित्र वा सो अगावै प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकामा सिफारिस पेस गर्नुपर्नेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij