Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

चरिकोट बजारमा प्रशासनको अनुगमन, म्याद गुज्रेका सामान बिक्री नगर्न चेतावनी

चरिकोट बजारमा प्रशासनको अनुगमन, म्याद गुज्रेका सामान बिक्री नगर्न चेतावनी

नेपाल सम्वत् ११४६, यंलाथ्वः ६, षष्ठी (१ असोज २०८३, १७ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । दोलखाको सदरमुकाम चरिकोट बजारमा सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलको नेतृत्वमा आज बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री भेटिएका पसल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार पशुपति मन्दिर डाँडाबाट सुरु गरिएको अनुगमन सातदोबाटो चोकसम्म सञ्चालन गरिएको थियो। सो क्रममा बजार क्षेत्रका खाद्य सामग्री बिक्री गर्ने पसल तथा ग्यासका सबै डिलरको अनुगमन गरिएको हो।

अनुगमनका क्रममा स्नेहा स्टोर्समा ठूलो परिमाणमा म्याद गुज्रेका खाद्य सामग्री भेटिएपछि पसल बन्द गराइएको पोखरेलले जानकारी दिनुभयो। म्याद भएका ताजा खाद्य सामग्री ल्याएपछि प्रशासनको रोहवरमा मात्र पसल खोल्न दिइने चेतावनी दिइएको उहाँले बताउनुभयो।

अन्य पसलहरूमा पनि म्याद गुज्रेका तथा उपभोगका लागि अनुपयुक्त सामग्री नराख्न, मूल्यसूची तथा आवश्यक विवरण स्पष्ट रूपमा राख्न र नियमानुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ।

बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्य तथा अधिकारलाई ध्यानमा राख्दै खाद्य सामग्रीको म्याद, गुणस्तर र बिक्री वितरणको अवस्थाबारे विशेष निगरानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार