Sep 17 2026 | २०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

४६औँ फिडे चेस ओलम्पियाड आजदेखि, दोलखाका दुई खेलाडी नेपाली टोलीमा

४६औँ फिडे चेस ओलम्पियाड आजदेखि, दोलखाका दुई खेलाडी नेपाली टोलीमा

नेपाल सम्वत् ११४६, यंलाथ्वः ५, पञ्चमी (३१ भाद्र २०८३, १६ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला ।  विश्व चेस महासंघ (फिडे) को आयोजनामा हुने विश्वकै सबैभन्दा ठूलो टोलीगत चेस प्रतियोगिता ४६औँ फिडे चेस ओलम्पियाड (46th FIDE Chess Olympiad) आजदेखि उज्बेकिस्तानमा सुरु हुँदैछ। विश्वका २०५ राष्ट्रहरूको सहभागिता रहेको यस प्रतिष्ठित प्रतियोगितालाई चेस खेलको महाकुम्भका रूपमा लिइन्छ।

दुई वर्षमा एकपटक आयोजना हुने चेस ओलम्पियाडमा विश्वभरका उत्कृष्ट खेलाडीहरूले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने गर्दछन्। यसपटकको प्रतियोगितामा नेपालले खुला तथा महिला दुवै विधामा टोली सहभागिता जनाएको छ।

niresh.gif

नेपाली टोलीमा खुलातर्फ दोलखाका प्रतिभाशाली खेलाडी आशिष फुयाँल सहभागी छन् भने महिलातर्फ निहाना श्रेष्ठ ले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्दैछिन्। दोलखाका दुई खेलाडी एकैपटक विश्वस्तरको यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन पाउनु जिल्लाका लागि समेत गौरवको विषय बनेको छ।

चेस खेलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका आशिष फुयाँल र निहाना श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन्। उनीहरूको सहभागिताले नेपाली चेसको विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थितिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

फिडे चेस ओलम्पियाडमा विश्व च्याम्पियन, ग्राण्डमास्टर तथा विभिन्न देशका शीर्ष वरीयताका खेलाडीहरूको सहभागिता रहने भएकाले प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। यद्यपि नेपाली टोलीले पनि आफ्नो क्षमता प्रदर्शन गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास गरिएको छ।

नेपाल चेस संघका पदाधिकारी, खेलकुदकर्मी तथा चेसप्रेमीहरूले नेपाली टोलीलाई सफलताको शुभकामना दिएका छन्। विशेषगरी दोलखाबाट प्रतिनिधित्व गरिरहेका आशिष फुयाँल र निहाना श्रेष्ठको सहभागिताले जिल्लाका युवा खेलाडीहरूलाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

विश्व मञ्चमा नेपालको झण्डा फहराउँदै प्रतिस्पर्धा गर्न गएका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापनलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ। नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार